मृत अवस्थामा ३ जना फेला

विभिन्न जिल्लामा मृत अवस्थामा ३ जना फेला परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका-३ महादेवस्थानस्थित सडक नालीमा सोही ठाउँ बस्ने जुम्ला कनका सुन्दरी गाउँपालिका-२ घर भएका २५ वर्षीय आकाश रावत मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङको निलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीय कृष्ण बहादुर अछामी सोही ठाउँस्थित पौवा जाने बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नहरमा हाल, नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्