लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ ।
लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना गर्छ । यहाँ हामी लहरेखोकीको घरेलु उपचार बताउँदैछौं ।
अदुवा
अदुवामा एन्टीब्याक्टेरियल तत्त्व हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ । अदुवा पिँधेर रस निकाल्नुस् । अब त्यसमा मह मिसाएर पिउनुस् । अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ । दिनदिनै अदुवा चपाउँदा पनि लहरेखोकीलाई केही हप्तामा हटाउन सकिन्छ ।
बेसार
बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन् । एक चम्चा महमा बेसार मिसाएर खानुस् । यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ । बेसारले रुघाखोकीलाई चाँडो नाश गर्छ ।

एजेन्सी