×

NMB BANK
NIC ASIA

अनाधिकृत लेखापरीक्षण गर्नेलाई कारवाही गर्न अडान लुम्बिनी प्रदेशको माग

फागुन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल अडिटर्स एशोसिएनशन (अडान) लुम्बिनी प्रदेश समितिको शनिवार बुटवलमा पाँचौ परिषद् सम्पन्न भएको छ ।

Muktinath Bank

परिषद्को उद्घाटन गर्दै नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय प्रथम उपाध्यक्ष बद्री भट्टराई संगठन निर्माणलाई जोड दिँदै अगाडि बढ्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टराईले २२ वटा सीपीई सञ्चालन हुने तयारीमा रहेको जानकारी दिए । भट्टराईले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा रजिस्टर्ड अडिटरहरूलाई लादिएको विभेदकारी व्यवस्था खारेज गरी सबै सदस्यलाई समान अधिकार राज्यले प्रदान गर्नुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा अडानका केन्द्रीय उपाध्यक्ष अब्दुल कर्मी खाँले सीएहरूले वित्तीय र कानूनी दायित्वप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । उनले अडानका सदस्यहरूले क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए ।

Vianet communication
Laxmi Bank

अडिटर्स पेशाप्रति अवसर र चुनौती दुवै थपिँदै गएकाले लेखा परीक्षण के हो भन्ने कुरा नेपाली समाजलाई बुझाउन जरुरी रहेको खाँको जोड छ ।  

अडानका महासचिव झलकमणि लम्सालले लेखापरीक्षकहरूले सबैको भावनालाई कदर गरेर काम गर्नुपर्ने बताए ।

अडान लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष गोविन्दप्रसाद रेग्मीले लुम्बिनी प्रदेशमा गैरलेखा व्यवसायीले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनाधिकृत रूपमा काम गरिरहेकोले त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न आग्रह गरे । उनले पेशामा रहेका योग्य दर्तावाल लेखापरीक्षकलाई वर्गोन्नति गर्न आग्रह गरे । 

परिषद्मा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका चार्टर्स एकाउन्टेन्टहरूको सहभागिता रहेको थियो । नेपालमा करीब ७ हजार दर्तावाल लेखापरीक्षक रहेका छन् ।

अडानको पाँचौ राष्ट्रिय परिषद् फागुन २८ गते काठमाडौंमा हुँदैछ । ‘राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान’ भन्ने नारा रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x