कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न सुहाउँदैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताएका छन् ।

‘जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन्,’ उनले भने, ‘सिंगो पार्टी पंक्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन ।’


Advertisement

डा. कोइरालाले नेकपा अझै विभाजन भई नसकेकाले कांग्रेस पर्ख र हेरको रणनीतिमा रहनुपर्नेमा जोड दिए ।

‘अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न सकिन्न,’ उनले भने ।


Advertisement

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै डा. कोइरालाले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीलाई दुःख नदिन सरकारलाई चेतावनी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्