क्यान्सर पीडितलाई १८ लाख रुपैयाँ उपचार खर्च सहयोग

प्रतिकात्मक तस्वीर

अर्बुदरोग (क्यान्सर) बाट पीडित बागलुङको गलकोट नगरपालिका–४ की ४७ वर्षीय दूर्गा सुवेदीलाई विभिन्न संघसंस्थाले २० लाख रुपैयाँ उपचार खर्च सहयोग गरेका छन् ।

प्रवासमा गठन भएका विभिन्न संघसंस्थाले सुवेदी बचाऊ अभियान सञ्चालन गरेर संकलन भएको रकम हस्तान्तरण गरेका हुन् ।


Advertisement

प्रवासमा रहेका नागरिकको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापानलगायत संस्थाले अभियानमा ऐक्यबद्धता जनाउँदै सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका विभिन्न्न ठाउँका नागरिकको सहयोगबाट करीब १८ लाख ४० हजार ८०१ रुपैयाँ संकलन भएको अध्यक्ष क्षेत्रीले  बताए । सहयोग रकम गलकोट नगरपालिका–४ मा अवस्थित निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरी सहयोग रकम पठाएलगत्तै शुक्रवार क्यान्सरपीडित दूर्गा सुवेदीलाई हस्तान्तरण गरिएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्