×

NMB BANK
NIC ASIA

‘पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न नहुने कुरा कुतर्क हो’

फागुन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं पशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्न नहुने कुरा कुतर्क भएको बताएका छन् ।

Muktinath Bank

‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवान्को आजको शृंगार भोलि उतारेजस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो,’ सञ्चारकर्मीको जिज्ञासामा शनिवार उनले भने, ‘वर्षमा ४ वटा नवरात्र हुन्छन्ः चैत्र नवरात्र, शारदीय नवरात्र, माघ र असार शुक्लमा पर्ने गुप्त नवरात्र । अहिले माघ शुक्ल पक्ष हो, यसमा काम्यकर्मलाई वर्जित हुन्छ, नित्यकर्ममा वर्जित छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जलहरी भगवान्लाई चढाइएको गहना भएकाले यसमा प्राणप्रतिष्ठा गर्नुपर्ने जरुरी नभएकाले बेकारको तर्क गर्नु नपर्ने डा. थापाको तर्क छ ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार पशुपतिनाथमा गत वर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएकाले गर्न सकिएको थिएन । असार शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार भारतका वनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ । ‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवान्को पीठिका (जलहरी), मुकुट र पाउ पनि पूरै सुनैसुनको छ । भारतका तिरुपती र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ,’ उनले भने, ‘नेपालमा त्यसमा पनि पशुपतिनाथ मन्दिरमा किन नहुने ? पुरातत्व विभागले मापदण्डविपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो त्यो पनि छैन ।’

रणबहादुर शाहले तामाको जलहरी राखेकोमा श्री ५ महेन्द्रले चाँदीको फेर्न हुन्छ भने चाँदीको ठाउँमा सुनको राख्न नहुने कसरी हुन्छ भनी उनले प्रश्न गरे । जतिसक्यो राम्रो मन्दिर, मूर्ति बनाउने र सजाउने कुरा जताततैका मठमन्दिरका उदाहरण सबैसामु छर्लंग भएको उनले जानकारी दिए ।

पशुपतिनाथको मन्दिरमा सुपुष्पदेव नामका राजाले सुवर्ण (सुन) को छानो बनाएर चढाएको कुरा अभिलेख र वंशावलीहरुमा नै उल्लेख रहेको उनले बताए । ‘चढाउनै नहुने भए त्यतिबेला किन चढाइयो ? त्यो हुने यो नहुने भन्ने हुन्छ ?’ डा. थापाले भने । 

इतिहासविद् ज्ञानमणि नेपालको पुस्तक ‘दर्शन स्पर्शन समीक्षा’मा पनि सुपुष्पदेवले पशुपतिको छानो सुनको बनाएर राखेको उल्लेख छ । कूलचन्द्र कोइरालाको ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ नामक कृतिमा पनि यस सम्बन्धमा उल्लेख गरिएको छ । डा. स्वामी प्रपन्नाचार्यको पुस्तक ‘६४ शिवलिंगको विश्लेषणात्मक अनुसन्धान’मा लेखिएको छ, ‘शिवलिंग दुई प्रकारका हुन्छन्, प्राकृत र कृत ।’

मानवले निर्माण र प्राणप्रतिष्ठान गरी पूजन गरेको लिंग कृत हो भने प्रकृतिको गर्भभित्र भएका ढुंगाको शिवलिंग प्राकृत हो भनिएको छ ।

शिवलिंगको इतिहासबारे स्कन्द पुराण केदारखण्डको ३१ औं अध्यायमा १४ शिवलिंग पुज्ने गरिएको र तीमध्ये नौ नम्बरमा स्वर्णलिंग शब्द लेखिएको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x