प्रचण्डको अभिव्यक्तिपछि ‘नेपाल कम्फर्टेबल पार्टी’ भन्दै गोकुल बाँस्कोटाको कटाक्ष

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सहित काँग्रेस र जसपा गठबन्धनको सरकार बने भारतलाई समेत ‘कम्फर्टेबल’ हुने अभिव्यक्ति दिएपछि ओली समूहका नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहलाई ‘नेपाल कम्फर्टेबल पार्टी’ को संज्ञा दिँदै अब कुन झण्डा साथ सडकमा आउलान् ? भन्दै प्रश्न गरेका छन् ।

‘नेपाल कम्फर्टेबल पार्टी – नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान् ? भब्य बैठक आयोजित हुँदै होला कसरी  विषय मोडिदिने भनेर?चाइँचुइँ छैन त? कि लावण्य प्रान्तको मुख्यमन्त्री खोज्न लाग्या छन् ? कसैले देख भेटेमा म पनि थाहा पाउँ है,मान्यवर हो’, उनले ट्वीटरमार्फत कटाक्ष गरेका छन् ।


Advertisement

प्रचण्डले शुक्रबार एक टेलिभिजन कार्यक्रममा दिएको सो अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्