×

NMB BANK
NIC ASIA

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

फागुन १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कार्टुनिष्ट क्लब अफ नेपालले शनिवार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । 

Muktinath Bank

उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक  कार्टुनको माध्यमबाट सञ्चारक्षेत्रले खबरदारी गरिरहनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, “सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु हुँदैन ।” उनले सञ्चारमाध्यमले विसङ्गतिमाथि खबरदारी गर्दा सार्वजनिक महत्वको विषय हुनुपर्ने तथा बदनियत नराखी जनतालाई सुसूचित गर्नका लागि आलोचनात्मक हुँदा कानूनको बन्धनमा पार्न नहुने विचार व्यक्त गर्नुभयो । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानूनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए । 

Vianet communication
Laxmi Bank

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिँड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको जिकिर गरे। उनले भने, “सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति छ । आलोचनाले कमजोरी सुधार्न मद्दत पुर्याउँछ भन्ने सोचको विकास गर्नुपर्छ ।” उनले लोकतन्त्रको सौन्दर्य नै अभिव्यक्ति स्वतन्त्रता रहेको धारणा राख्दै आलोचनात्मक चेतले समाजलाई गतिशील र विकसित बनाउने विचार व्यक्त गरे।

कार्टुनिष्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसङ्गतिविरुद्ध यो सशक्त माध्यम भएको बताए । उनले सूचनाको बलियो पाटो कार्टुन बनाएर छाप्नेबेला सम्पादकले कार्टुन छापेकै आधारमा कारवाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफलपछि मात्र छापिने अवस्थामा कार्टुनिस्टले काम गरिरहेको जिकिर गरे । उनले भने, “यो अवस्था राजधानीभन्दा पनि मोफसलका कार्टुनिस्टले बढी सास्ती भोग्नुपरेको छ ।” 

    कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशवराज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए । उनले भने, “कार्टुन दृश्यभाषा भएकाले सबै तह र तप्काका मानिसले यसको विचार र भावपक्ष सहजै बुझ्नसक्ने भएकाले खबरदारीको सशक्त माध्यम बन्न गएको छ ।” उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने नियन्त्रणमुखी कानून बन्न नहुने विचार व्यक्त गरे।

     कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसङ्ग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए । उनले समाज रूपान्तरणमा कार्टुनले आवश्यकतानुसार आफ्नो भूमिका निर्वाह गर्दै आइरहेकाले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन नहुनेमा जोड दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x