ओलीको प्रश्नः माधव नेपालले दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रप्रति आफ्नो निष्ठामाथि प्रश्न नगर्न आग्रह गरेका छन् । उनले विगतमा प्रधानमन्त्री बन्नका लागि माधव कुमार नेपालले राजासामु दाम चलाएको भन्दै के त्यो पनि गणतन्त्रप्रति निष्ठा हो ? भन्दै कटाक्ष गरे ।
आइतबार एक टेलिभिजन अन्तरवार्तामा उनले माधव नेपालले आफूलाई गणतन्त्रको हिमायती भन्ने गरेको ओलीलाई गणतन्त्र विरोधी करार गर्न खोजेको भन्दै विगतको प्रसंग कोट्याएका हुन् ।   
‘दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो । लक्ष्मण खड्कासँग प्रतिस्पर्धा गरेर निवेदन हालेको होइन ?’ ओलीको भनाइ छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्