×

NMB BANK
NIC ASIA

उदाहरणीय विकास

युरोपको झल्को दिने रूपन्देहीको विकास, सबैलाई उछिन्दै यसरी मार्‍यो छलाङ [विशेष रिपोर्ट]

फागुन १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५० को दशकसम्म सामान्य व्यापरिक केन्द्रको रूपमा सीमित रूपन्देही (बुटवल) पछिल्लो साढे दुई दशकमा सबैलाई उछिन्दै विकास, निर्माण र पूर्वाधारको सबालमा मुलुककै लागि उदाहरणीय बन्न पुगेको छ ।

Muktinath Bank

रूपन्देहीको पछिल्लो विकासले युरोपको झल्को दिन थालेको पूर्वाधारविज्ञहरूको भनाइ छ । विकास र पूर्वाधारका कामले रूपन्देही हरेक सम्भावना भएको जिल्लाको रूपमा स्थापित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक संरचनाको विकास र सुविधामा सबैभन्दा बढी ठूला योजना भित्र्याउने जिल्लामा रूपन्देहीले सबैलाई उछिन्दै आएको छ । भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायातको क्षेत्रमा रूपन्देहीले ठूलो छलाङ मारेको छ ।   


Advertisment
Nabil box
Kumari

यहाँका निर्माणसम्पन्न विकासका पूर्वाधार लोभ लाग्दा छन् । राष्ट्रिय गौरवका आयोजनासहित यहाँ दुई दर्जनभन्दा बढी ‘मेगा प्रोजेक्ट’ निर्माणाधीन छन् । केहीको निर्माण सम्पन्न भइसकेको छ भने केही सम्पन्न हुने चरणमा छन् । 

Vianet communication
Laxmi Bank

यी आयोजना पूरा भएपछि रूपन्देही साँच्चै देशकै ‘रोल मोडल’ जिल्ला बन्ने निश्चित छ । जिल्लालाई विकासका प्रचुर आधार, सम्भावना र ‘रोल मोडल’ बनाउने मुख्य योजनाकार हुन्– नेकपा (केपी शर्मा ओली समूह) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल । 

पौडेलले तीनपटक (२०६४, २०७० र २०७४) मा लगातार चुनाव जितेर जिल्लामा विकासको बहार ल्याएका हुन् । पौडेलकै ‘भिजन’ले साँच्चै रूपन्देहीको रूप फेरिएको स्थानीय तहमा विश्लेषण र टिप्पणी हुने गर्छ । पौडेल जलस्रोत मन्त्री, रक्षामन्त्री हुँदै दुईपटक अर्थमन्त्री भए । तर सरकारमा रहँदा या नरहँदा रूपन्देहीमा योजना पार्न र विकासका कामलाई द्रुत गतिमा अघि बढाउन पौडेल निरन्तर खटेको देख्न सकिन्छ । पौडेलको निरन्तरको प्रयास र ध्यानले रूपन्देहीले विकासमा सबैलाई उछिनेको स्थानीयहरू टिप्पणी गर्छन् । 

गतवर्ष पौडेलले संसद् विकास कोषको सबै रकम शिक्षा पूर्वाधारमा खर्च गरेर शिक्षा विकासमा सबैको ध्यान मोडेका थिए । यो वर्षको पूरै चार करोड रूपैयाँ स्वास्थ्य क्षेत्रमा छुट्ट्याएका छन् । 
रूपन्देही मध्य तराईमा पर्छ । भारतसँग जोडिएको देशकै दोस्रो ठूलो बेलहिया (सुनौली) नाका यहीँ पर्ने भएकाले पनि रूपन्देही राष्ट्रिय चासोमा परिरहन्छ ।  भौगोलिक दृष्टिले पनि विविधता भएको रूपन्देहीको नारायणी पश्चिममा पर्यटकीय सम्भावना धेरै छ । 

यी हुन् रूपन्देहीको रूप फेर्ने विकासका ठूला आयोजनाहरू :

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलको २०६४ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए । विमानस्थल अबको तीन महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।  

‘केही महत्त्वपूर्ण उपकरणहरू जडानका लागि चिनियाँ टोली आउन ढिलाइ हुँदा काम केही पर सरेको मात्र हो । अबको तीन महिनाभित्र सबै काम सकिन्छ’ उनले थपे । विमानस्थलको भौतिक प्रगति ९५ प्रतिशत छ । अब उपकरण जडान र रूट परमिटको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । 

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंक (एडीबी) को ऋणमा निर्माण भइरहेको विमानस्थलको लागत सात अर्ब ३२ करोड रूपैयाँ हाराहारी छ । विमानस्थल सञ्चालनमा आएपछि तेस्रो मुकुकका दैनिक १२ हजारभन्दा बढी पर्यटक लुम्बिनीमा आउने अपेक्षा गरिएको छ । 


बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक 

काठमाडौं उपत्यकाबाहिरको पहिलो बुटवल–बेलहिया (सुनौली) ६ लेन व्यापारिक मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२७ किलोमिटरको यो सडकमा यात्रा गर्दा युरोपमा यात्रा गरेजस्तै अनुभव हुने यहाँका सर्वसाधारण, स्थानीय व्यवसायी र घुम्न आउने पर्यटकको प्रतिक्रिया हुने गर्छ । यो सडक राष्ट्रिय महत्त्वको आयोजना हो ।

तीन वर्षदेखि बुटवल बजार क्षेत्रका घरधनीले अदालतमा मुद्दा हालेर काममा अवरोध पुर्‍याएका थिए । तर रोकिएको सडक विस्तारको काम अर्थमन्त्री पौडेलले गएको माघ १५ गते शिलन्यास गरेर अघि बढाए । १ घण्टा लाग्ने यो सडकको यात्रा अहिले १८ मिनेटमा छोटिएको छ । 

बुटवलको मुख्य बजार क्षेत्रमा रोकिएको करीब ३ किलोमिटर सडक विस्तारको काम (६ लेनको सडक निर्माण गर्ने योजना) दुई वर्षमा सम्पन्न भैसक्ने आयोजना प्रमुख जयलाल मरासिनीले लोकान्तर डट्कमलाई बताए । 

‘सुनौलीको डन्डा खोलानजिक, बाइपास सडक र बुटवलको बजार क्षेत्र अब हाम्रो बाँकी काम हो । हामीले काम तीव्र रूपमा अगाडि बढाएका छौं । आयोजनाले गति लिइसक्यो । अबको दुई वर्षभित्र सुनौली गोलपार्कसम्म सडक पूरा हुन्छ,’ उनले थपे । 

यो सडकले भारतसँगको दोस्रो ठूलो नाका सुनौलीबाट पूर्व–पश्चिम राजमार्गलाई बुटवलमा जोड्छ । आर्थिक वर्ष २०६८/२०६९ बाट निर्माण थालिएको लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण आयोजना हो यो । आयोजनको लागत ६ अर्ब रूपैयाँ रहेको छ । 

बुटवल–नारायणगढ ‘एसियन हाइवे’ 

बुटवल पूर्वमा पूर्वी नवलपरासीको गैडाकोटसम्म ‘एसियन हाइवे’ निर्माण अगाडि बढेको छ । जंगलमा ४ र बस्तीमा ६ लेनको यो सडक स्तरोन्नतिको काम २०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए । कोरोना महामारीले केही समय रोकिएको यो आयोजनाले अहिले गति लिएको छ । सडकमा पर्ने पुलहरू निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । 

दाउन्ने पूर्व र दाउन्ने पश्चिम गरी दुई खण्डमा निर्माण थालिएको सडकको लम्बाइ ११५ किलोमिटर छ । ५० वर्षअगाडि राजा महेन्द्रको पालमा बनेको यो पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने सडक वर्तमान सरकारको पालामा अर्थमन्त्री पौडेलको ‘भिजन’बाटै विस्तारको योजना अगाडि बढेको हो ।

सडक फराकिलो पार्न चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले १७ अर्ब रूपैयाँमा ठेक्का लिएको हो । आगामी ०७९ सालमा काम सम्पन्न गर्ने गरी सम्झौता भैसकेको छ । ‘लकडाउन’ का कारण सडक निर्माणको काम ७ प्रतिशतसम्म मात्र हुन सकेको छ । आयोजनाका इञ्जिनीयर प्रदीपराज शाक्यले सडक विस्तार कार्यले विस्तारै गति लिन थालेको जानकारी दिए । ​

बुटवलमा अन्तर्राष्ट्रिय सभागृह र प्रदर्शनी स्थल 

बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय स्तरको बुटवल सभाहल र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन् । सभा हलको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रदर्शनी केन्द्रको २० प्रतिशत काम सकिसकेको छ ।  

बुटवल सभाहल नाम दिइएको उक्त आयोजनाका प्रमुख शिखर लामाले आउँदो वर्ष सभाहल र २०७९ भित्र प्रदर्शनी केन्द्र निर्माण पूरा भइसक्ने लोकान्तरलाई जानकारी दिए ।

सभाहल नेपालको झण्डा आकारको हुनेछ, जसमा चन्द्र र सूर्य अंंकित गरिने छ । १२ सय क्षमताको उक्त सभा हलको लागत ८० करोड रूपैयाँ छ । त्यस्तै प्रदर्शनी केन्द्रको लागत १ अर्ब २ करोड रूपैयाँ छ ।

सभा हलमा ८ सय स्टल रहनेछन् । सभा हलमा एकैपटक १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाउन सक्नेछन् । दुवै योजना पौडेलले नै अघि बढाएका हुन् । रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुँदैछ ।

शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्नेछ । 
 

तिलोत्तमामा बुटवल मेडिकल कलेज 

रूपन्देहीको तिलोत्तमामा पूर्ण सरकारी स्वामित्वको बुटवल मेडिकल कलेज बन्दैछ । मेडिकल कलेजको डीपीआर निर्माण अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिगाहा जमिनमा मेडिकल कलेज बनाइँदैछ ।

योजनाअनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने आयोजना निर्देशक मानबहादुर घिमिरेले जानकारी दिए । त्यसका लागि करीब १२ अर्ब रूपैयाँ खर्च हुने पूर्वानुमान गरिएको छ ।

उक्त अस्पताल १ हजार बेड क्षमताको हुनेछ । सोही क्षेत्रभित्र दुईवटा ठूला भवनहरू बन्नेछन्, जहाँ १ हजार विद्यार्थी पढ्न भवन र ५ सय डाक्टर–नर्स बस्न होस्टेल भवन बनाइनेछ । एउटा स्कूल, खेल मैदान, स्वीमिङ पुलसहित मेडिकल कलेज अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आयोजनाले बताएको छ ।  

२०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा–१ नयाँमिलस्थित बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको शिलान्यास गरेका थिए ।

‘एक प्रदेश एक मेडिकल कलेज’ सरकारी नीतिअनुसार प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भन्दै सरकारले दुई वर्षअगाडि बजेट छुट्याएर काम थालेको हो । 

सैनामैना चक्रपथ
 

भैरहवा लुम्बिनी चार लेन सडक

बुटवल–बेलहिया सडकजस्तै भैरहवा–लुम्बिनी सडकको मुहार पनि फेरिएको छ । थ्रोत्रा गाडी, मालबाहक ट्रक र भत्किएको सडकले लुम्बिनी आउने पर्यटक नाक खुम्च्याउँथे । अब त्यस्तो हुने छैन । भैरहवादेखि लुम्बिनी हँुदै तिलौराकोटसम्मको सडक चार लेनमा विस्तार भइसकेको छ । लुम्बिनीसम्मको सडकको काम सकिने चरणमा छ । 

भैरहवा– लुम्बिनी १६ किलोमिटर र लुम्बिनी–तौलिहवा सडकको लम्बाइ २२ किलोमिटर छ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी भन्छन्, ‘यी सडक पूरा भएपछि पर्यटकीय क्षेत्रको मुहार फेरिनेछ । प्रदेश सरकारले पनि विकासमा निगरानी गर्दै आएको छ ।’ 

तिनाउ दानव करिडोर 

बुटवल नदी छेउको शहर हो । बुटवललाई नदी सभ्यतामा विकसित शहरका रूपमा उभ्याउने प्रयास भएको छ । सोबमोजिम बुटवलमा तिनाउ दानव करिडोर  योजना थालनी भएको छ ।

दोस्रोपटक अर्थमन्त्री बनेलगत्तै विष्णु पौडेलले तिनाउ–दानव कोरिडोर शिलान्यास गरेका छन् । यो महत्त्वाकांक्षी सडक भए पनि निर्माण सकिँदा रूपन्देहीकै स्वरूप फेरिने  विश्वास अधिकारीहरूले लिएका छन् ।  

तिनाउ र दानव नदी क्षेत्रमा दुवै साइडमा बन्ने यो सडक भैरहवा–लुम्बिनी सडकमा जोडिनेछ । यसलाई भारतीय सीमासम्म नै पुर्‍याउने दीर्घकालीन लक्ष्य लिइएको छ । छ लेनको यो सडकले रूपन्देहीका ग्रामीण क्षेत्रमा स्तरीय सडकको पहुँच पुग्नेछ भने तिनाउ नदीको सौन्दर्य समेत बढाउने छ ।

तिनाउ नदीमाथि आर्कब्रिज बनाउने योजनामाथि समेत छलफल भइरहेको छ । ड्याम बनाएर बोटिङ गराउने योजना समेत छ । 

बेलबास–बेथरी सडक
रूपन्देहीको अर्काे नमूना सडक बेलबास–बेथरी सडक हो । साढे १ अर्ब रूपैयाँको लागतमा बनिरहेको यो सडक भैरहवा विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने सजिलो रुट हो । बीचमा नहर, वारिपारि दुई लेनको सडक हुनेछ ।

नहरमा डुंगा चलाउन मिल्ने र नहरमाथि फूलको बगैँचा बन्ने छ । प्रदेश सरकार मातहत यो सडक बनिरहेको हो । यसले रूपन्देहीका गाउँमा परिवर्तन ल्याएको छ । कृषिउपज सहजै बजार ल्याउन सकिएको छ ।

किसानहरू साइकलमै बुटवल र भैरहवाका हाटबजारमा कृषि उपज बोकेर पुग्न थालेका छन् ।

बहुविषयमा पढाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालय

रूपन्देहीको देवदहमा सय बिगाहा क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार बन्दैछ । विश्वविद्यालयले चालू शैक्षिक सत्रमै कृषि तथा वन, वातावरण र डेभलपमेन्टका विषयहरू शुरू गरेको छ ।

‘सय बिगाहा क्षेत्रलाई तपोवनका रूपमा विकास गरेर बौद्ध विश्वविद्यालयका कक्षाहरू सञ्चालन हुनेछन्,’ विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले भने ।

विश्वविद्यालयले बुटवलको नयाँ गाउँमा डीन कार्यालयसहितको आंगिक क्याम्पसका लागि पूर्वाधार तयार गर्दैछ । 

मोतीपुर औद्योगिक क्षेत्र

बुटवलमा एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने सरकारी योजनाअनुसार औद्योगिक क्षेत्र स्थापना हुँदैछ । ८१३ बिगाहा क्षेत्रफलमा ५ वर्षभित्र अनुमानित ८ अर्ब रूपैयाँको लागतमा निर्माण हुन लागिरहेको मोतीपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई ३ सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योगिक क्षेत्र २०४१ साल यताको पहिलो हुनेछ । 

तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने छ । ‘ए’ सेक्टरमा १ सय ३० प्लट निर्माण हुनेछन् । सबैभन्दा ठूलो ‘बी’ सेक्टरमा २ सय ६२ प्लट र ‘सी’ सेक्टरमा १ सय ५२ प्लट बन्नेछन् । ​

सिद्धबाबामा सुरूङमार्ग

​सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बनाउने प्रक्रिया अगाडि बढेको छ । अबको केही साताभित्र टेन्डरको प्रक्रियामा जाने बुटवलमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले जानकारी दिएका थिए । १.५ किलोमिटर क्षेत्रमा सुरुङमार्ग बन्नेछ । सुरुङमार्ग बनाउन भौगर्भिक अध्ययन पनि सकिएको छ । 

२०७२ सालमै सुरुङमार्ग बनाउन विस्तृत अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको थियो । त्यसको लागि १० अर्ब रूपैयाँभन्दा बढीको बजेट सुरक्षित गरिसकिएको छ ।

डीपीआरको काम सकिएर अब टेन्डर प्रक्रिया अगाडि बढने तयारीमा छ । यो क्षेत्रलाई मृत्यु मार्गको उपनामले पनि चिनिन थालिएको छ । डीपीआरको काम स्वीजरल्यान्डको विज्ञ टोलीले गरेको थियो । दोभानदेखि सिद्धबाबासम्म हिउँद होस् या वर्षायाम, जुनसुकै बेला खसिरहने पहिरोमा परी ७० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

बुटवलमा ५० वर्षका लागि खानेपानी आयोजना 

२७ वर्षदेखि बुटवलमा पाल्पाको झुम्सा खोलाबाट खानेपानी ल्याउने योजना अगाडि बढे पनि त्यसले गति लिन सकेन । अहिले ५० वर्षका लागि पुग्ने गरी झुम्साखोला–खानेपानी आयोजना अगाडि बढेको छ । 

त्यसका लागि बजेटको कुनै अभाव नहुने प्रतिबद्धता अर्थमन्त्री पौडेलले जनाइसकेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

‘बुटवलमा जतिसुकै बसाइँसराइ भएपनि अब आउँदो ५० वर्षलाई पानी प्रशस्त पुग्ने गरी पाल्पाको झुम्साखोलाबाट ल्याउँदै छौं,’ सुवेदीले भने । तीव्र जनघनत्व भएको बुटवलमा अहिलेसम्म पर्याप्त खानेपानी आपूर्तिमा समस्या छ । 

पूरा हुँदै लुम्बिनी गुरुयोजना

विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास गर्न तयार पारिएको लुम्बिनी गुरुयोजना पूरा हुँदैछ ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका लागि झण्डै ६ अर्ब रूपैयाँ लाग्नेछ ।

लुम्बिनीमा ५ हजार मानिस अट्ने क्षमताको सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । 

सिद्धार्थ राजमार्ग फोर लेन

सुनौली–पोखरा सिद्धार्थ राजमार्ग ४ लेनमा विस्तार हुँदैछ । साँघुरो र निर्माण भएको लामो समयसम्म विस्तार हुन नसकेको यो सडकलाई फोर लेनमा विस्तार गर्ने कार्य सरकारले अगाडि बढाएको छ । 



बुटवल– चन्द्रौटा सडक विस्तार हुँदै

बुटवल पश्चिम कपिलवस्तुसम्म सडक विस्तार गरिँदैछ । यो सडक पनि फोर लेनमा विस्तार गर्ने योजना अगाडि बढेको छ । बुटवलबाट नेपालगञ्जसम्म चार लेनमा सडक विस्तार कार्यको पहिलो चरणमा कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्न लागिएको छ । ​

निजी क्षेत्रको आकर्षण रूपन्देही

रूपन्देही लगानीका लागि उपयुक्त क्षेत्र बनेको छ । सहज नाका र सहज वातावरणले यहाँ निजी क्षेत्रले लगानी गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रूपन्देही लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए । रूपन्देही भर्खरै ४ अर्ब रूपैयाँभन्दा बढी लगानीमा दुईवटा केबलकार शिलान्यास भएका छन् । 

लुम्बिनी केबलकार र सिद्धार्थ केबलकारले बुटवललाई बेस बनाएर पाल्पाको नुवाकोटगढी र वसन्तपुरसम्म पुगेर भारतको गोरखपुरसम्म देख्न सकिने डाँडासम्म पुग्ने केबलकार बनाउन लागेको हो ।

दुईवटै केबलकार दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी प्रतिस्पर्धामा निर्माण अगाडि बढाइएको छ । यसले बुटवलको पर्यटनमा ठूलो फड्को मार्ने अपेक्षा लिइएको छ । ​

होटल क्षेत्रमा लगानीको ओइरो

पाँच वर्ष अगाडिसम्म स्तरीय होटल नभएको रूपन्देहीमा ५ वटा फाइभ स्टार होटल बनिसकेका या बन्ने चरणमा छन् । टाइगर प्यालेस रिसोर्ट, पवन होटल लगायत ५ वटाभन्दा बढी फाइभ स्टार होटल बन्दैछन् ।

केही सञ्चालनमा आइसकेका छन् । त्यस्तै मध्यमस्तरका होटलहरूले लगानी बढाएर स्तरोन्नति गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए ।

अहिले रूपन्देही होटलको हब बन्दै गएको जिसीको भनाइ छ । रूपन्देहीमा अहिले १ सयवटासम्म स्टार होटल बनिसकेका छन् । होटलमा मात्रै रूपन्देहीमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी भइसकेको होटल व्यवसायीहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x