×

NMB BANK
NIC ASIA

ओलीको बोली

प्रचण्ड–नेपाललाई ओलीको चुनौती– 'दलको बैठक बोलाइदिन्छु, आउनुस् विधिवत रूपमै हटाउनुस्'

फागुन १७, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'दलको नेता फेर्नुस् न, विधिवत रूपमा फेर्नुस्, बैठक बोलाइदिन्छु, आउनुस्,' ओलीले भने, 'विधि छ, प्रक्रिया छ, आउनुस् । बैठकमा नआउने अनि दिए खान्थें मायाको दाहिने हातैले .... ।'


Advertisment
Nabil box
Kumari

उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन पनि चुनौती दिए । 

Vianet communication
Laxmi Bank

'अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् । उहाँहरूको भाषा पद्धति र प्रक्रिया अनुसारको छ । प्रधानमन्त्री हटाउने अविश्वासको प्रस्ताव राखेर होइन, गलहत्याएर ! कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?,' नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने ।

प्रतिनिधि सभा पुन:स्थापना भएपछिको विजय जुलुसका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ भुसालले ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याएर निकाल्ने बताएकी थिइन् ।

ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए डेढ वर्षपछि दुईतिहाइ ल्याउने जिकिर गरे ।

'डेढ वर्षमा प्रतिपक्षमा बस्छौं । डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुई तिहाइका साथ फर्किन्छौं फेरि...,' ओलीले भने ।

प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको मुख्य सचेतकबाट देव गुरुङलाई आफ्नो अधिकार प्रयोग गरेर हटाएको बताए ।

'नियुक्ति दिनेलाई हटाउने अधिकार हुन्छ । देव गुरुङलाई मैले मुख्य सचेतक बनाएको हो, मैले नै हटाएँ,' ओलीले भने ।

साथै ओलीले प्रचण्ड-नेपाल पक्षसँग केन्द्रीय कमिटीमा बहुमत रहेको पुष्टि नभएको दाबी पनि गरे ।

'केन्द्रीय कमिटीको बहुमत कहाँ पुष्टि भयो ? कार्की ब्यांक्वेटमा कसैलाई भोज खान बोलाएर, त्यो भोज खान आएका मान्छे गनेर बहुमत हुन्छ ?' ओलीले प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x