खैरो हिरोइनसहित तीन भारतीय पक्राउ

कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार (डाक्टर नामले परिचित) लाई पक्राउ गरिएको बताए । उनले धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक २५ वर्षीय शुभ्म भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको बताए।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्