दुई महिनामा १८ हजार पर्यटक भित्रिए

कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको छ । अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् ।


Advertisement

सन् २०२० भर भने २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्