पशुपतिको सन्ध्याकालीन आरतीमा युवा मोह बढ्दै

पशुपतिनाथ  परिसरमा  हरेक  साँझ हुने   आरतीमा   युवापुस्ता   मग्न हुनेदेखि ध्यान (मेडिटेसन) गर्नेहरूको भीड लाग्ने गरेको पाइएको छ । पीडा समस्या भुल्न तथा मनमा आनन्दका लागि   हिन्दु   धर्मका   साथै   बुद्ध, क्रिस्चियन   धर्मावलम्बी   युवावर्ग बेलुका  पशुपति  बागमती  किनारामा पुग्ने गरेका छन् ।
 दुःखी सुख र सुखी अझ सुख खोज्न  आउने  ठाउँ  पशुपतिनाथको मन्दिर  भएकोमा  २२  वर्र्षीय  अनुप नेपालीले भने, ‘हप्ताको  एक पटक  भए  पनि  मनमा  शान्ति  हुने अपेक्षा गर्दै सन्ध्या आरतीमा आउँछु ।  यहाँ आउँदा सानो ठूलो जातको कुरा हुँदैनध्र  आरतीको  सुमधुर  धुनसँगै गरिने मेडिटेसनले सबै हराउँछ ।’ गोरखापत्रमा खबर छ ।

 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्