पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म सदन चल्न नदिने तयारीमा लागेको टिप्पणी गरेका छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउने तयारी भइरहेको सुनिएको बताएका छन् ।
उनले लेखेका छन्,'नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्साही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे! झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे। लाैन प्रभु! मिलाई देऊ।'
नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हताेत्ससाही बनाउनकै लागी भए पनि महाअभियाेग ल्याउने तयारी गर्दै छन रे!झलनाथकाे तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घाेषणा नभएकाे रे।लाैन प्रभु! मिलाई देऊ।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 2, 2021
लोकान्तर संवाददाता