×

NMB BANK
NIC ASIA

नेपाल–भारत सीमामा कश्मीरी आतंकवादीहरूको गतिविधि बढेको भारतीय सञ्चारमाध्यमको दाबी

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको जम्मु कश्मीरका केही कुख्यात आतंकवादी संगठनहरूले नेपाल र भारतको सीमा क्षेत्रमा आतंकवादमा लगानी गर्नका लागि काम गरिरहेको भारतीय सञ्चारमाध्यमले खबर दिएका छन् । 
 

Muktinath Bank

सुरक्षाबलहरूले गरेको आरम्भिक छानबिनमा बिहारी युवालाई नेपालबाट जम्मु कश्मीरमा नक्कली भारतीय मुद्रा पुर्‍याउन कमिसनका रूपमा राम्रो पैसा दिने गरिएको खुलासा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक आरोपित मोहम्मद परवेजसँग सोधपुछका क्रममा यो खुलासा भएको हो । 
 


Advertisment
Nabil box
Kumari

परवेजलाई अररिया जिल्लामा नेपाल भारत सीमा नजिक चौकी क्षेत्रमा एसएसबीले समातेको हो । उनबाट ५००.६५ लाख नक्कली भारु जफत गरिएको छ । 
 

Vianet communication
Laxmi Bank

केरकारका क्रममा परवेजले जम्मु कश्मीर तथा महाराष्ट्रका केही मानिसको बैंक खातामा निजी बैंकहरूको ग्राहक सेवा विन्दुको प्रभारीमार्फत पैसा जम्मा गर्ने गरेको बताए । प्रहरीले परवेजको मोबाइल जफत गरेको छ र त्यसमा अकाउन्ट नम्बर पनि पाइएको छ । 

एसएसबीको ५२औं बटालियनका सेकेन्ड कमान्डर ब्रजेश कुमार सिंहले परवेजलाई नेपालबाट भारतीय क्षेत्रमा मोटरसाइकल चढेर प्रवेश गर्दै गर्दा पक्राउ गरिएको बताए । प्रहरीलाई देखेर भाग्ने कोशिश गर्दा पछ्याएर पक्राउ गरिएको थियो । 
 

अररिया जिल्लाको सिकटी थाना क्षेत्र अन्तर्गत वडा नम्बर १३ मा बस्ने परवेजलाई आरम्भिक सोधपुछपछि जिल्ला प्रहरीसमक्ष सुम्पिइएको थियो । 
 

सिकटी प्रहरी चौकीका थानेदार ओमप्रकाशका अनुसार, परवेजले मोरङको रंगेलीमा एक गहना व्यापारीबाट नक्कली भारतीय मुद्रा लिने गरेको थियो । उनको दाइ मोहम्मद तबरेज पनि लामो समयदेखि यस धन्धामा संलग्न थियो । 
 

आईबी तथा अन्य सुरक्षा निकायले पनि परवेजलाई सोधपुछ गरिरहेको बताइएको छ । 

ठूलो संख्यामा नक्कली नोट यसरी फेला परेपछि नेपाल भारत सीमामा निगरानी बढाइएको छ । सुरक्षा संवेदनशीलता रहेका क्षेत्रमा २४ घन्टा नै गश्ती भइरहेको भारतीय सुरक्षाकर्मीहरूले जनाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x