आश्चर्यजनक घटना : १० फीट गहिरो खाल्डोभित्र थुनिएकी वृद्धा ८ दिनसम्म जिउँदै !

मानिस खाना नखाई कति दिनसम्म जिउँदै रहन सक्छ ? यसबारे कुनै यकिन तथ्य स्थापित छैन । तर एकै दिन भोकभोकै बस्दा पनि कतिपयलाई गाह्रो पर्छ ।

ब्राजिलमा भने १० फीट गहिरो खाल्डोमा खसेकी एक वृद्धा ८ दिनसम्म जिउँदै भेटिएकी छन् । ब्राजिलको करवेलो शहरकी ७६ वर्षीया डोना गेराल्डा १० फीट गहिरो खाल्डोमा खसेपनि ८ दिनपछि उनलाई सुरक्षित उद्धार गरिएको छ ।


Advertisement

डोना हराएपछि उनका छिमेकीले खोजी शुरू गरेका थिए । स्थानीय पसल, अस्पताल र कब्रस्तानमा खोज्दा समेत नभेटिएपछि खोज टोली बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डोनाकी छिमेकी रोसानाका अनुसार पैदल यात्राका क्रममा मान्छेहरूले डोनाको नाम लिए, त्यो आवास सुनेर डोनाले पनि खाल्डोबाट आवाज दिइन् । त्यसपछि डोना खाल्डोमा रहेकीबारे पत्ता लाग्यो ।


Advertisement

डोनाको उद्धार गरिएपछि उनी सहजै कुराकानी गरिरहेकी थिइन् । तर उनलाई आफू खाल्डोमा कसरी पुगे भन्ने थाहा थिएन । 

उनी ८ दिनसम्म जिउँदै कसरी रहिन् ? के खाइन् ? स्थानीयको प्रश्नमा उनले आफूले वर्षाको पानी मात्रै खान पाएको जवाफ दिइन् । उनले भनिन्, ‘मसँग अरु कुनै उपाय नै थिएन ।’

खाल्डोबाट उद्धार गरिएपछि चेकजाँच गर्दा डोनाको शरीरमा कुनै घाउचोट देखिएन । वृद्धावस्थाकी डोना कसरी खाल्डोमा पुगिन् र ८ दिनसम्म खाना नखाई कसरी बाँचिन् भनेर सबै आश्चर्यमा परेका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्