प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका–५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलवार उद्घाटन गरेका छन् ।
उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरू अवलोकन पनि गरे ।
बिर्तामोड निवासी दुर्गा प्रसाईंका ६ अर्ब रुपैयाँ निजी लगानीमा अस्पताल निर्माण भएको हो, जसमा ३०० शय्या छन् ।
करीब १ वर्षअघि नै सेवा शुरू गरेको अस्पतालको मंगलवार विधिवत् उद्घाटन भएको हो । १ वर्षका अवधिमा करीब २ हजार ७०० बिरामीले अस्पतालबाट सेवा लिएका छन्, जसमध्ये करीब १ हजार ३०० झापाकै वासिन्दा रहेको बताइएको छ ।
रासस