×

NMB BANK
NIC ASIA

प्रहरीलाई नै अप्ठ्यारो पार्ने प्रवीण बाँस्तोला मृत्यु प्रकरण : उर्लाबारी घटनामा कहाँ चुक्यो अनुसन्धान ?

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको उर्लाबारी नगरपालिका– ५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा आफ्नै एउटा कमजोरीले प्रहरीलाई अप्ठ्यारोमा पारेको छ ।

Muktinath Bank

गत पुस ५ गते साथी रमेश गिरीको घरमा गएका बाँस्तोला अस्पतालमा मृत भेटिएका थिए । त्यसपछि प्रहरीले उनको मुचुल्का गरेर मिसिल तयार पार्ने क्रममा फोटो परिवर्तन हुँदा प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको दाबी अनुसार पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानीय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यही दिन सोही अस्पतालमा अर्का एक जनाको करेन्ट लागेर मृत्यु भएको थियो । अस्पतालमा प्रहरीले मुचुल्का उठाउँदा प्रवीण र करेन्ट लागेका व्यक्तिको फोटो खिचेको थियो । 

Vianet communication
Laxmi Bank

प्रवीणको मिसिलमा राख्ने समयमा २ वटा पेजमा बाँस्तोलाको र एउटा पेजमा ती व्यक्तिको फोटो परेपछि विवाद सतहमा आएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेलले प्रवीण मृत्यु प्रकरणको अनुसन्धान गरेका थिए । पछि प्रहरीले ती व्यक्तिको फोटो हटाएर प्रवीणको फोटो राखेको थियो । 

विवाद चर्किँदै गएपछि घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । डीएसपी राईको समितिले ‘मानवीय त्रुटि’ भएको प्रतिवेदन पेस गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता राईका अनुसार प्रहरीले प्रवीणको हत्यामा संलग्न भएको आरोपमा मेघर दर्जी, कुमार राई, रमेश गिरी र सुदीप परियारलाई पक्राउ गरेको छ । 

पक्राउ परेका मेघर दर्जीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने उनका साथी कुमार राईलाई ३ लाख र घरबेटी समेत रहेका रमेश गिरीलाई १ लाख धरौटीमा छाडेको प्रवक्ता राईले लोकान्तरलाई बताए । 
सुदीप परियारका सम्बन्धमा आज (फागुन १८ गते) थुनछेक बहस चलिरहेको छ ।  

के छ पोस्टमार्टम रिपोर्टमा ?

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरका अनुसार प्रवीणको मृत्यु मदिरा सेवनका कारण निसास्सिएर भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

‘पोस्टमार्टम रिपोर्टले अल्कोहलका कारण निसास्सिएर मृत्यु भएको देखाउँछ,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘विष खुवाएर हत्या गरिएको परिवारको दाबी छ, रिपोर्टले त्यसलाई पुष्टि गर्दैन ।’

तर प्रहरीले प्रवीणको मुख थुनेर हत्या भएको र हदैसम्मको कारवाहीको लागि राय सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

‘बाँस्तोलालाई कर्तव्य गरेर हत्या गरेको हुनाले हदैसम्मको कारवाही हुनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । 

प्रवीणले मदिरा पिएको हुनाले उनले बल गर्न सक्ने अवस्थामा नरहेको र विवाद आएपछि नाक र मुख थुनेर हत्या गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दाजुलाई न्यायका लागि अमेरिकाबाट नेपाल 

२ वर्षदेखि अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ पाइलट पढ्दै गरेकी सदीक्षा बाँस्तोला दाजु प्रवीणको मृत्युपछि पुस ८ गते नेपाल आइन् । 

नेपाल आएर उनले दाजुको हत्याको अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा बाबुको नामबाट शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन् ।

दाजुको मृत्युले स्तब्ध सदीक्षालाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले अनुसन्धान चुस्त हुन्छ, हत्या हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ भन्दै आश्वासन दिएका थिए ।

त्यसपछि इन्स्पेक्टर उद्धवले आलटाल गर्ने र सोधखोज गर्दा रिसाउन थालेपछि उनले गडबडी भएको शंका लागेर सरकारी वकिलको कार्यालयमा पेश भएको कागज पल्टाएर हेर्दा ‘सामान्य मृत्यु’ भनेर लेखेको देखिन् ।

प्रतिवेदनमा अर्कैको फोटो समेत देखेपछि उनले प्रहरीविरुद्ध आन्दोलन शुरू गरेकी थिइन् ।

उनले त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै घटनाको पर्दाफास गरेकी थिइन् । त्यसक्रममा उनले प्रहरी निरीक्षक पोखरेलको कठालो समेत समाएकी थिइन् । 

त्यसयता उनलाई स्थानीयले आन्दोलनमा सघाउँदै आएका छन् ।

के भएको थियो घटनाको दिन ?

प्रहरीका अनुसार प्रवीण गत पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलोमिटर पूर्वको सौरभी होटलमा सञ्चालक कुमार राईसँग बसेर रक्सी पिएको खुलेको छ ।

जिउ थाम्न नसक्ने गरी रक्सी पिएको व्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर केही परसम्म पुगेको प्रहरीले बताएको छ ।  

‘त्यसपछि उनलाई भोलिपल्ट जिस्क्याउनका लागि भन्दै राति १२ बजे घुरेको भिडियो खिचेको समेत पाइएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘त्यति मात्र होइन १ बजेर १० मिनेट जाँदा उनको मोबाइलबाट अज्ञात नम्बरमा २० रुपैयाँ ट्रान्सफर भएको देखिन्छ ।’ 

प्रहरीका अनुसार होटलमा रिकेश सिवा भनिने मेघरमान दर्जी, दीपेश पौडेल, राजेश रणपहेली र प्रवीण थिए तर परिवारले अरू व्यक्ति पनि रहेको दाबी गर्दै आएको छ ।

घटनामा संलग्नहरू लागूऔषध कारोवारमा पटकपटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकाले अत्यधिक लागूऔषध खुवाएर मारेको हुन सक्ने आशंका पीडित परिवारको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x