पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७० हजार ५४३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ७२ जना निको भएका मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ ।
मंगलवार अपराह्नसम्म कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७७७ रहेको मन्त्रालयले जनाएको छ ।
लोकान्तर संवाददाता