×

NMB BANK
NIC ASIA

पहिलो राष्ट्रपति बन्ने अफर नै त्यागेको हुँ, अहिले कांग्रेसले लोभ गर्न हुन्न : रामचन्द्र पौडेल

फागुन १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको मान्छेलाई अहिले राष्ट्रपतिको लोभमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो गरेका छन् ।

Muktinath Bank

उनले आफू लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस भक्तपुरले पूर्व सभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिले कांग्रेसले कुनै पदको लोभ गर्न नहुने बताए ।


Advertisment
Nabil box
Kumari

‘म आज तपाईंहरूलाई भन्न बाध्य छु – पहिलो राष्ट्रपति बन्ने बेलामा गिरिजाबाबुलाइ राष्ट्रिय अन्तर्राष्ट्रिय फेनोमेनाले राष्ट्रपति बन्न नदिएपछि तपाईं हुनुस् भनेर मलाई प्रस्ताव गर्नुभएको हो,’ पौडेलले भने, ‘गिरिजाबाबु मलाई अझै पनि लोकतन्त्रको लागि लड्नुपर्ने काम छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिडेको थिएँ ।’

Vianet communication
Laxmi Bank

पौडेलले आफूले प्रधानमन्त्रीको अफर आउँदा पनि लोकतन्त्रको मूल्य मान्यतासँग सम्झौता नगरेको दाबी गरे । 

‘पहिलो संविधान सभाको अन्तिम अवस्थामा प्रचण्डले बालुवाटारमा बोलाएर रामचन्द्रजी १० राज्यको सिद्धान्त मानिदिनुस्, बाबुराम राजीनामा गर्नुहुन्छ, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भन्नुभएको थियो । मैले मानिनँ, १–१ बुँदाबुँदामा मैले लडेको हो,’ पौडेलले भने । 

नेता पौडेलले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा अहिले कांग्रेस जान नहुने बताए । ‘मौका पायो भन्दैमा अहिले सरकारमा गएर जाँदु गर्न सक्छौं ? कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्छौं ? हामी प्रतिपक्षको धर्म निभाउने हो । बाग्मती, १ नम्बर होस् कि केन्द्रीय सत्ता हामी प्रतिपक्षमा हो । संसदीय प्रक्रियालाई अवरुद्ध गर्नु हुँदैन, अरु विकृतिमा चोचोमोचो मिलाउनु हुँदैन,’ पौडेलले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x