रामेछाप जिल्लामा अब सवारी साधन चालकले अनिवार्य रूपमा जुत्ता लगाएर मात्रै सवारी चलाउनुपर्ने भएको छ। चप्पल लगाएर ड्राइभिङ गर्दा दुर्घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई जुत्ता अनिवार्य गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले चालकले चप्पल लगाएर सवारी चलाउँदा पसिनाले खुट्टा चिप्लेर भनेको ठाउँमा ब्रेक नलाग्ने, ब्रेक लगाउन खोज्दा चप्पल अड्किने जस्ता समस्याका कारण दुर्घटना बढ्न सक्ने भएकाले मङ्गलबारबाट जिल्लामा चालकले अनिवार्य रूपमा जुत्ता लगाउनुपर्ने व्यवस्था गरिएको बताए । उनका अनुसार जिल्लामा चल्ने सवारीका ठूला बस, सुमो, माइक्रोबस, टिपर, ट्रक, ट्याक्टर, अटोलगायतका सवारी साधनका चालकले सवारी साधन चलाउँदा अनिवार्य रूपमा जुत्ता लगाउनुपर्नेछ।
मङ्गलबारदेखि आगामी पाँच दिनसम्म चालकहरूलाई सवारी चलाउँदा अनिवार्य रूपमा जुत्ता नलगाउँदा हुने जोखिमका बारेमा सचेतनासहित अनिवार्य जुत्ता लगाउन अनुरोध गरिने भएको छ। गोरखापत्रमा खबर छ ।
छापाबाट