मेची पुलबाट ब्राउनसुगरसहित २ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागूऔषध ब्राउनसुगरसहित मंगलवार २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय  गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।


Advertisement

उनका अनुसार खत्रीलाई ३ ग्राम र तामाङलाई १ ग्राम ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्