ताप्लेजुङमा आगलागीबाट १७ वर्षमा ३९३ परिवार विस्थापित

ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ ।

पछिल्लो १७ वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्यांक छ ।


Advertisement

विक्रम संवत् २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । 

विक्रम संवत् २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट ८ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्यांक छ । विक्रम संवत् २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट ५ घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।


Advertisement

विक्रम संवत् २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । घटनामा १४५ परिवार विस्थापित भएका थिए ।

विक्रम संवत् २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट ७ घर नष्ट हँुदा २९ परिवार विस्थापित भएका थिए ।
 
मंगलवार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुन पुगेको ताप्लेजुङ जिल्लाको तथ्यांकमा रहेको छ ।

कमेन्ट गर्नुहोस्