सभामुख र पूर्व प्रधानमन्त्रीलाई कोभिड–१९ विरुद्धको खोप

सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ संक्रमण विरुद्धको खोप लगाएका छन् ।

मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर बुधवार उनले कोरोना विरुद्धको पहिलो खोप लिएका हुन् ।


Advertisement

पूूर्व प्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुुमार नेपालले पनि बुधवारै बिहान खोप लगाएका छन् ।

त्यसअघि बुधवारै बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापन लगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरेका थिए ।


Advertisement

प्रतिनिधि सभाको आगामी आइतवारदेखि शुुरू हुने सातौं अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, संघीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई खोपको व्यवस्था गरिएको छ । 

कमेन्ट गर्नुहोस्