नरेन्द्र मोदी सरकारले काराकोरम पास नजिकको रणनीतिक विन्दुका रूपमा रहेको देप्साङ चीनलाई सुम्पेको आरोप भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लगाएका छन् ।
चिनियाँ जनमुक्ति सेनाले उक्त क्षेत्रमा उपस्थिति बढाएको विषयमा लेखिएको एक आलेखको लिंक ट्विटरमा शेयर गर्दै राहुलले मोदी सरकार चीनसमक्ष झुकेको भन्दै आलोचना गरे ।
‘चीनले परम्परागत तथा साइबर बलहरू परिचालन गरेर भारतलाई धम्क्यायो अनि भारत सरकार झुक्यो । मेरो कुरालाई ध्यान दिनुस्, देप्साङमा हामीले भूमि गुमायौं । दौलड बेग् ओल्डी जोखिमको स्थितिमा छ । भारत सरकारको कायरताले भविष्यमा त्रासद परिणाम ल्याउनेछ,’ उनले लेखे ।
China mobilized its conventional & cyber forces to threaten India. GOI buckled.
— Rahul Gandhi (@RahulGandhi) March 3, 2021
Mark my words, our land in Depsang is gone and DBO is vulnerable.
GOI’s cowardice will lead to tragic consequences in the future. pic.twitter.com/zkLIEg850I
देप्साङ भारतको दौलत बेग ओल्डी हवाईपट्टी नजिक रहेको छ । त्यो सबै मौसममा उपयोग गर्न मिल्ने अनि भारत, पाकिस्तान र चीनको नियन्त्रणमा रहेको भूभागको त्रिकोणीय विन्दु हो ।
हालै सिन्थेटिक एपर्चर राडारका तस्वीरहरूमा चिनियाँ पोस्ट देखिन्छ । वास्तविक नियन्त्रण रेखा नजिक चिनियाँ सेनाको उपस्थिति बाक्लिएको देखिएको छ । पछिल्लो तस्वीरमा थप संरचनाहरू, शिविरहरू, वाहनहरू र तारबारहरू बनाइएको देखिन्छ ।
भारतले देप्साङ, गोगरा र हट स्प्रिङ्स लगायतका तनावग्रस्त क्षेत्रबाट सेना पछि हटाउने काम गर्नुपर्ने र डिएस्केलेसन गरी वास्तविक नियन्त्रण रेखालाई शान्तिपूर्ण बनाउनुपर्ने बताउँदै आएको छ ।
एजेन्सी