गृहमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा बादलले विप्लव समूहसँगको वार्ता सहमतिनजिक रहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।
'मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ । केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,' बादलले लेखेका छन् ।
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो ।
लोकान्तर संवाददाता