प्रचण्ड–नेपालको निर्णयपछि शान्ता चौधरी– घरमा शानदार रूपले बस्छौं, पाहुनाले जा भन्न मिल्दैन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल नेतृत्वको नेकपाले संसदीय दलको सचेतकबाट हटाउने निर्णय भनी गरेको निर्णयलाई सचेतक शान्ता चौधरीले चुनौती दिएकी छन् ।

पाहुना आएकाहरूले आफूलाई घरबाट जा भन्न नसक्ने उनको टिप्पणी छ ।


Advertisement

‘हामी हाम्रो घारमा शानदार रूपमा बस्छौं । घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन्,’ चौधरीले बुधवार फेसबूकमा लेखेकी छिन् । 

यसअघि प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सचेतक चौधरीको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । 
 


Advertisement

हेर्नुहोस्, स्टाटस :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्