×

NMB BANK
NIC ASIA

नेपाल चेम्बरको ७०औँ वार्षिकोत्सवमा दौड प्रतियोगिता सम्पन्न

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । 

Muktinath Bank

आज बिहान भएको दौड प्रतियोगिताका विजयीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे। पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति  थापालाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको बताए । “सेना हाम्रो धरोहर हो । राष्ट्रिय विपत्का बेला सेनाको अनुपम योगदान रहेको कुरा कसैबाट छिपेको छैन”,सेनाको ख्याति मुलुकमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बलियो रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने , “नेपाली सेनाले देखाएको अनुशासन हामी सबैले अनुशरण गर्नुपर्दछ ।”


Advertisment
Nabil box
Kumari

विसं २००७ मा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रमा व्यवसायी अग्रपङ्क्तिमा रहेको बताए । 

Vianet communication
Laxmi Bank

स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रदर्शनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ । 

दौड प्रतियोगिताका विजयी पुरस्कृत

चेम्बर स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरको शिक्षा तथा खेलकूद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका छन् । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बू प्रथम, नेपालय एजुकेशन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् । यसैगरी भीमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त गरे । 

छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय, र गान्धी आदर्श स्कुलकी अञ्जु खड्का तृतीय भएका छन् । यस्तै सीसीआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईं र नेपाल आदर्श माविकी बसन्ती कु्ँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

पत्रकारतर्फ महानगरखबर डट कमका रमेश शाक्यले प्रथम, अप्सरा साप्ताहिकका बालकृष्ण डङ्गोल, देखापढी डट कमका निकेश खत्री तृतीय भएका छन् । यस्तै व्यवसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल द्वितीय र मणिकरत्न शाक्य तृतीय भए । कार्यक्रममा वरिष्ठ म्याराथन धावक वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x