×

NMB BANK
NIC ASIA

म एकताकै पक्षमा थिएँ तर साथीहरूले विश्वासघात गरे – ओली

फागुन २२, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकताकै पक्षमा रहेको तर प्रचण्ड-नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ,' ओलीको भनाइ उदृत गर्दै सांसद खगराज अधिकारीले लोकान्तरसँग भने, 'यस विषयमा म आत्मालोचित छु ।'


Advertisment
Nabil box
Kumari

ओलीले आफू पक्षीय सांसदहरूलाई अदालतले गरेको फैसला कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । तर संसद विघटन गर्ने आफ्नो निर्णय नै सही रहेको उनको दाबी थियो ।

Vianet communication
Laxmi Bank

'अदालतले संसद पुनःस्थापना गरेर मेरो निर्णयविरुद्ध फैसला सुनायो,' ओलीले भने, 'मेरो निर्णय सही थियो, फैसला गलत आयो । तर फैसला कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प छैन ।'

ओलीले सांसदहरूलाई पार्टी एकढिक्का भएर जान सक्ने तर प्रचण्ड-नेपाल पक्षका नेताहरूको गतिविधि राम्रो नभएको टिप्पणी गरे ।

'प्रधानमन्त्रीको स्पष्ट निर्देशन भनेको संवैधानिक र कानूनी रूपमा संसदमा मर्यादित रूपमा एकढिक्का भएर उपस्थित हुने हो,' बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद चक्रप्रसाद स्नेहीले सञ्चारकर्मीहरूसँग भने ।

उनले आजको बैठकमा १ सय १५ जना भन्दा बढी उपस्थित भएको दाबी गरे ।

सांसदहरूले ओलीलाई जनता आफ्नो पक्षमा रहेको बताएका थिए ।

'जनता हाम्रै पक्षमा छन्, तपाईं अघि बढ्नुहोस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,' बैठकमा उपस्थित एक अर्का एक सांसदले लोकान्तरलाई भने ।

प्रधानमन्त्रीले गरेका कामहरूमा चौतर्फी बाधा सिर्जना भएको र त्यसलाई चिर्न आफूहरू तयार रहेको ब्रिफिङ सांसदहरूले ओलीलाई गरेका थिए ।

अर्का सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै भने, 'भोलि हाम्रो संख्या १ सय २० पुग्छ । तपाईंहरू आत्मविश्वासका साथ एक ढिक्का भएर अघि बढ्नुस ।'

ओलीले देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदहरूलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिएका हुन् । 'हामी देश र जनताको पक्षमा छौं । जित हाम्रो हुन्छ,' ओलीले भने ।

सांसद भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पास हुन नसक्ने दाबीसमेत गरे । 'अविश्वासको प्रस्ताव आए पनि जे आएपनि जसरी सरकार अघि बढेको छ त्यसहिसाबले पास हुँदैन, ढुक्क हुनुस्,' भट्टराईले भने ।

भट्टराईले प्रचण्ड-नेपाल समूहले ढोका थुनेर मिटिङ गरेको आरोपसमेत लगाए ।

शुक्रवार प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो । यो समूहले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।

आइतवार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठक अघि नेकपाका दुवै पक्षले आफ्नोतर्फ बहुमत रहेको दाबी गर्दै मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x