×

NMB BANK
NIC ASIA

'आगो निभेको पाँच बितेपनि फुचीको मनमा आगो बलिरहेको छ'

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ताप्लेजुङ । फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उनी रुँदारुँदै थाकेकी छिन् भनेर । नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ । उनका गालामा परेका आँशुका डोभ अझै मेटिएका छैनन् । फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ ।

Sagarmatha Cement
Muktinath Bank

यो घटना हो ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारको । गत मङ्गलबार बिहान ९ बजे केही छिनमै ६३ परिवार बिचल्लीमा परेको थियो । पुर्खौँदेखि आधा पेट खाएर जोगाएको सम्पत्ति हेर्दा–हेर्दै खारानीमा रुपान्तरण भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिरहेको आगो फुङ्लिङ नगरपालिकाको दमकल र पाँचथर फिदिमका दमकलले आगो निभायो । तर, आगो निभेको आज पाँच दिन हुँदै गर्दा पनि फुचीको मनमा आगो बलिरहेको छ । मन भित्रभित्रै जलिरहेको छ । बाजेको पालादेखि आधा पेट खाएर जोगाएको पैसाले बनाएको घर जलेकाले उनको मन पिरोलेको हो ।


Advertisment
Nabil box
Kumari

“बिहान बेलुका हातमुख जोड्न सक्ने आशा थियो । आज ती आशा निराशा भएको छ । पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो”,  धान जलेको खरानी हातले उठाउँदै फुची भन्छिन्, “खाइनखाइ जोहो गरेर राखेको अन्न आज यस्तो भयो ।”

Vianet communication
Laxmi Bank

उनी दिनभरि आफ्नो जलेर खरानी भएको घरको घडेरीमा दिन बिताउँछिन् । घाम अस्ताउँदै जान्छ । विस्तारै अँध्यारो हुँदै जान्छ । अनि उनी अलिक तल सुगुरको खोरमा गएर रात बिताउँछिन् । विभिन्न सङ्घसंस्थाले तथा व्यक्तिले राहत वितरण गर्छन् तर उनी राहत थाप्न पनि जान सकेकी छैनन्।

गत बिहीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आएर राहत वितरण गरे । प्रदेश सरकारले आगलागीबाट पीडित प्रतिपरिवार रु ५० हजार र डेरा गरी बस्ने परिवारलाई रु ३० हजार नगद राहत उपलब्ध गराउने घोषणा गरे । तर, फुची त्यहाँ पुगिनन् ।
गत शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई आगलागी प्रभावित क्षेत्रमा पुगे । आगलागी भएको बजारको अवलोकन गरे । सांसद भट्टराईले फुचीलाई सोधे, “तपाईँको घर कहाँ थियो”, उनले भने,  “यही थियो, अहिले यस्तो भयो ।” शुक्रबार भट्टराईले तत्कालका लागि रु पाँच लाख र  प्रदेश नं १ का प्रदेशसभा सदस्य होमकुमारी साँवाले रु ५० हजार नगद राहत सहयोग हस्तान्तरण गरे।

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशप्रसाद लिम्बूले पनि यहाँका पीडितलाई त्यो घटना भुल्न गाह्रो भएको बताए। शुक्रबार बिहान सञ्जय योङयाङले खरानी भएको आफ्नो घरको घडेरी देखाउँदै भने, “अहिलेसम्म दुःख गरेर बनाएको घर र जोगाएर राखेको अन्न पैसा सबै खरानी भयो ।” उनले घरदेखि आफूले लगाएको कपडाबाहेक अरु केही निकाल्न पाएनन् । भने “अब कसरी बाँकी जिन्दगी चलाउने कमाउने उमेर पनि गइसक्यो ।”

दोभान बजारका अर्का व्यापारी छन्, लोकेन्द्र अधिकारी । उनले व्यवसाय  सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिएका थिए । बैंकमा ऋण तिर्न जम्मा गरेको रु १७ लाख आगोमा जलेर खरानी भयो । उनले आगोमै १७ तोला चाँदी र ८० हजार केजी अलैँची सहित तीन घर हेर्दाहेर्दै खरानी भयो । उनले भने, “मन ठूलो भयो । बैंकबाट ऋण लिएर तीनवटा घर बनाइयो तर आज भएभरका सबै खरानी भयो ।” उनको तीन घर जलेर खरानी भयो । बैंकलाई तिर्न जोहो गरेको पैसा खरानी भयो । वर्षौँदेखि आधा खाइनखाइ आर्जन गरेको सम्पत्ति क्षणभरमै खरानीमा रुपान्तरण भयो ।

यी पीडा प्रतिनिधिमूलक मात्र हो, यहाँ पीडित हुने ६३ परिवारको कथाव्यथा करुणामय छ, पीडामा डुबेको छ । यसबाट पूर्वतः अवस्थामा आउन निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान हो । दोभान बजार मिक्वाखोला गाउँपालिका, मैवाखो गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको व्यापारिक केन्द्र हो । दोभान बजार ताप्लेजुङको सदरमुकामदेखि करिब आठ किमीे मिटरको दूरीमा पर्छ । आगलागीबाट विस्थापितले व्यापार गरेवापत १३ प्रतिशत नेपाल सरकारलाई राजश्व तिर्दै आएको विस्थापित व्यापारी दीपक धितालले बताए ।

अहिले घर व्यवसाय सबै खरानी भएर बिचल्ली भएको अवस्थामा तीन तहका सरकारले सहयोग गर्न राज्यको कर्तव्य भएको धितालको भनाइ छ । दोभान व्यापारी केन्द्र भएकाले बजार पुनःस्थापना गर्न नेपाल सरकारले पहल गर्ने सांसद भट्टराईले बताए ।  बजार विस्तार गर्दा शहरी विकास विभागको मापदण्डअनुसार बस्ती विस्तार गर्न भट्टराईले आग्रह गरे । विस्थापित परिवारको वास्तविकता पहिचान गरेर पठाउनसमेत जनप्रतिनिधि र कर्मचारीलाई भट्टराईले आनुरोध गरे ।

मङ्गलबार बिहान दोभान बजारमा भएको आगलागीको घटनाबाट ६३ परिवारको रु ४० करोडभन्दा बढीको सम्पत्ति खरानी भएको थियो ।  ताप्लेजुङमा एकपछि अर्को आगलागी घटना थपिँदै जाने क्रम छ । एघार महिनाभित्र विभिन्न क्षेत्रमा आगलागी भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x