कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् ।
यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।
पहिलापहिला केही मानिस शौचालयमा पत्रिका वा किताब पढ्ने गर्थे । आजकल उनीहरू स्मार्टफोन लिएर जान्छन् र त्यहाँँ घन्टौं बिताइदिन्छन् ।
शौचालयमा अन्य ठाउँभन्दा बढी कीटाणु भेटिन्छन् । त्यहाँ धारा, ह्यान्ड ड्रायर र ढोकाको चुकुलमा सबभन्दा बढी कीटाणु हुन्छन् जसलाई हामी देख्न सक्दैनौं ।
त्यसैले शोचालयमा फोन लाँदा तपाईंलाई थाहै नभई फोनमा ब्याक्टेरिया पस्न सक्छ ।
एन्नल्स अफ क्लिनिकल माइक्रोबायोलोजी यान्ड एन्टीमाइक्रोबायल्समा छापिएको एक अध्ययनअनुसार, शौचालयमा मोबाइल प्रयोग गर्ने मानिसमध्ये ९५ प्रतिशतमा संक्रमण गराउने ब्याक्टेरिया साल्मोनेला, ई–कोली र सी–डिफिसाइल भेटिएका थिए ।
अमेरिकाको एरिजोना विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अध्ययनमा देखिएअनुसार, स्मार्टफोनमा ट्वाइलेट सीटभन्दा १० गुणा बढी ब्याक्टेरिया पाइन्छ ।
दिसा पखालेपछि हात त धोइन्छ र स्मार्टफोन सफा गर्न बिर्सिइन्छ । रोग उत्पन्न गर्ने कीटाणु र ब्याक्टेरिया फोनमा टाँसिइरहेका हुन्छन् र संक्रमणको कारण बन्छन् ।
शौचालयमा स्मार्टफोनको उपयोगले मलद्वारबाट रक्तश्राव हुने समस्या देखापर्न सक्छ । ट्वाइलेट बाउलमा लामो समय बस्दा गुदामा बढी जोड पर्छ अनि पीडा हुने, सुन्निने र रक्तश्राव हुने समस्या आइलाग्छ ।
शौचालय जाँदा फोन बाहिरै राखेर जानु उपयुक्त हुन्छ । लग्नैपर्ने भयो भने त्यसलाई स्यानिटाइजरले राम्ररी सफा गर्नुपर्छ ।
अनि लामो समय शौचालयमा नबसेको राम्रो । विशेषज्ञहरूका अनुसार, मलत्याग गर्दा १० मिनेटभन्दा बढी बस्नुहुँदैन ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...