×

NMB BANK
NIC ASIA

चलचित्र समीक्षा

नोम्याडल्यान्ड : अमेरिकामा निम्नवर्गको पीडा देखाउने काव्यिक चलचित्र

चैत ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यस वर्षको अस्कर पुरस्कारका लागि छनोट भएका उत्कृष्ट फिल्महरूको नामांकनमा पर्न सफल नोम्याडल्यान्ड अमेरिकाका मध्यमवर्ग र निम्नवर्गका मानिसले आर्थिक स्थितिका कारण भोग्नुपरेको पीडा तथा जीवनको अदम्य संघर्षलाई काव्यिक रूपमा प्रस्तुत गरेको उम्दा फिल्म हो । 

Muktinath Bank

चिनियाँ मूलकी निर्देशिका क्लोई चाओ मानवीय संवेदनाले भरपूर तथा निम्न वर्गप्रतिको सहानुभूति व्यक्त गरिएका चलचित्र बनाउन माहिर छिन् र यो फिल्म त्यसैको सर्वोत्कृष्ट उदाहरण हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस फिल्मको कथा अमेरिकी पत्रकार जेसिका ब्रुडरको गैरआख्यान कृति नोम्याडल्यान्ड ः सर्भाभिङ अमेरिका इन द ट्वान्टीफर्स्ट सेन्चुरीमा आधारित छ । उक्त पुस्तकका ब्रुडरले सन् २००८ मा आर्थिक मन्दीको स्थिति आएपछि वृद्ध अमेरिकीहरू कामको खोजीमा घुमन्ते जीवन बिताएको विषय उठाएकी छन् । 


Advertisment
Nabil box
Kumari

पुस्तकमा आधारित भए पनि फिल्मको पटकथा सन् १९३० को आर्थिक मन्दीका घटनाबाट समेत प्रभावित देखिन्छ । त्यसबेलामा धेरै अमेरिकीहरूको रोजगारी खोसिएको थियो र उनीहरू कामको खोजीमा विभिन्न भागमा घुम्ने गर्थे । 

Vianet communication
Laxmi Bank

त्यसो त अमेरिकामा निम्नवर्गीय मजदूरहरू अझै पनि कठोर परिश्रमका बावजूद गरीबीको दुष्चक्रबाट उम्किन सकेका छैनन् । अनि २००८ को आर्थिक मन्दीपछि त मध्यमवर्गीय परिवारहरूमा जीवनयापन खर्चको अभाव भएर निकै पीडादायी स्थिति आएको थियो । 

यसै पृष्ठभूमिलाई चाओले फिल्मको कथामा कारुणिकताको सञ्चार गराउन उपयोग गरेकी छन् । 

फिल्ममा वृद्ध घुमन्तेहरू कामको खोजीमा गाडीलाई नै घर बनाएर हिँडेको देखाइन्छ । उनीहरू बसिरहेको ठाउँको कारखानाहरू बन्द भएपछि काम खोज्दै उनीहरू (विशेषगरी अमेरिकाको पश्चिमी भागमा) विभिन्न ठाउँ जाने अनि अस्थायी काम गर्ने गर्छन् । सेवानिवृत्त भएर आराम गर्नुपर्ने उमेरमा समेत ढाड दुख्ने गरी कठोर परिश्रम गर्न उनीहरू बाध्य छन् । 

फिल्मकी नायिका फर्न अधबैंसे महिला हुन् । उनका पति बितिसकेका छन् । नेभाडा राज्यमा रहेको उनी बस्ने शहरमा कारखाना बन्द भएपछि उनी बेरोजगार छिन् । उनका सन्तान छैनन् । 

मोहका सबै बन्धनहरूबाट मुक्त छिन् उनी । खुला आकाशमा विचरण गर्ने पक्षी झैं पेट भर्नका लागि कहीँकतै रोकिने अनि काम गर्ने र त्यो ठाउँ छोडेर अन्तै जाने उनको स्वभाव छ । कठोर परिश्रम गर्न उनी हिचकिचाउँदिनन् र आइपरेका समस्याको सामना गर्न पनि डराउँदिनन् । 

उनले आफ्नो भ्यानलाई भ्यानगार्ड नाम दिएकी छन् र त्यसैलाई उनले घर बनाएकी छन् । 
 

फ्रान्सेस मकडोर्मान्ड फर्नको चरित्रसँग एकाकार भएकी छन् । उनको अभिनय सहज र प्राकृतिक छ । 

रमाइलो कुरा त, फिल्ममा वास्तविक जीवनका घुमन्तेहरू लिन्डा मे, स्वांकी, बब वेल्स आफैंले अभिनय गरेका छन् । यस्ता गैरव्यावसायिक अभिनेताहरूलाई उम्दा अभिनय गराउन सक्नु अनि मकडोर्मान्ड जस्ती व्यावसायिक अभिनेत्रीलाई घुमन्तेको चरित्रमा ढाल्न सक्नु निर्देशिका चाओको दक्षता हो । 

घुमन्ते चरित्रहरूको संवादमा अध्यात्म र दर्शन पाइन्छ । जिजीविषाले जन्माएको संघर्षबाट खारिएको अनुभवमा आधारित उक्त दर्शन बोधगम्य र विवेकसम्मत छ । एउटा भाषणमा बब वेल्सले डलरको निरंकुशताबाट मुक्त हुन अपील गरेका छन् जसले कल्ट क्लासिक फिल्म इन्टु द वाइल्डको डलर पोलेको दृश्यको सम्झना गराउँछ । अमेरिकी भूमिमा यात्रा गर्दै भौतिकवादलाई त्यागेर प्रकृतिको समीपमा गई अध्यात्मको अनुभव गर्ने क्रिस्टोफर ​मकक्यान्डलेसकै झझल्को यस चलचित्रका नोम्याडहरूमा पाइन्छ । अनि समरसेट ममको सदाबहार उपन्यास द रेजर्स एजका प्रमुख पात्र ल्यारीको अध्यात्मबोधको प्रतिध्वनि पनि फर्नको पात्रमा मुखरित हुन्छ । 
 

निःस्पृहताको यस चरित्रचित्रणलाई मकडोर्मान्डले उत्कृष्ट रूपमा निर्वाह गरेकी छन् । उनमा उदासी र करुणाको एक अद्भुत सम्मिलन भेटिन्छ । क्लोजअप शटमा खिचिएको एउटा दृश्यमा उनले पतिको तस्वीर हेरेर मुस्काउँदा गालाका मुजाहरू खुम्चिएको अनि लगत्तै वैधव्य जीवनको वर्तमान यथार्थलाई अनुभव गरेर उदास अनुहार पारेको देखाइएको छ । अभिनयको उत्कृष्टता त्यसबाट प्रमाणित हुन्छ ।

निर्देशिका चाओले फर्नको चरित्र मेलोड्रामाटिक नबनोस् भनी सचेत प्रयास गरेकी छन् । फर्नको चरित्र आफैंले दर्शकमा करुणा र समानुभूति ल्याउन सफल छ । मकडोर्मान्डले अर्को पात्रलाई यसो हेरेको वा हल्का मुस्काएको दृश्यले नै संवादको काम गरेको छ, सिनेमाको दृश्यभाषालाई न्याय गरेको छ । उनको करीयरको यो सर्वोत्कृष्ट अभिनय हो भन्दा अतिशयोक्ति हुँदैन । 

डेभिड स्ट्रेटहेर्नको डेभ पात्र उनीसँगको प्रेममा परेर उनलाई साथै लैजान खोज्दा उनले गरेको विनम्र अस्वीरकार निकै मार्मिक छ । आफ्नो प्रेम व्यक्त गर्नका लागि डेभले देखाएको हिचकिचाहट पनि अभिनयको उत्कृष्ट उदाहरण हो । 

फिल्मको कारुणिकतालाई लुडोभिको आइनाउडीको सुन्दर संगीतले झनै घनीभूत गराएको छ । अमेरिकी भूभागको छायांकन जोशुआ जेम्स रिचार्डले कलात्मक ढंगले गरेका छन् । बलौटे स्थानमा सूर्योदय र सूर्यास्तका दृश्य तथा पहाडका दृश्यहरू निकै सुन्दर देखिन्छन् । 

फिल्मको सम्पादन निर्देशिका चाओले आफैं गरेकी हुन् र त्यो पनि उत्कृष्ट छ । दृश्यहरू मितव्ययी तथा सान्दर्भिक रूपमा राखिएका छन् ।

घुमन्ते जीवनशैली बिताउन बाध्य व्यक्तिहरूप्रति दर्शकको समानुभूति जगाउन नोम्याडल्यान्ड सफल छ । फिल्मले अमेरिकाका व्याप्त आर्थिक असमानताका कारण मध्य तथा निम्न वर्गले भोग्नुपरेको पीडा देखाएर सरकारलाई संवेदनशील बन्न प्रतीकात्मक रूपमा सन्देश दिएको छ । यत्तिको अध्यात्मचेतले भरिएको तथा काव्यिक फिल्महरू कमै मात्र बन्ने गर्छन् । 

फिल्म : नोम्याडल्यान्ड
कलाकार : फ्रान्सेस मकडोर्मान्ड, डेभिड स्ट्रेनहेर्न, लिन्डा मे, बब वेल्स आदि
निर्देशक : क्लोई चाओ
विधा : ड्रामा
अवधि : १ घन्टा ४८ मिनेट

ट्रेलर 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x