×

NMB BANK
NIC ASIA

जेलमा आफ्ताब आलम

नख्खु जेलमा आलमको दैनिकी : भेट्न आउनेलाई कुराउँछन्, दिनभरी धार्मिक पुस्तकमा घोत्लिन्छन् !

चैत ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहटमा नरसंहारका मुख्य अभियुक्त एवं नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

२०७६ कात्तिकमा जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको आदेशबमोजिम उनलाई कारागारको छुट्टै कक्षमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले पनि उनलाई छुट्टै राखिएको हो ।


Advertisment
Nabil box
Kumari

कारागार प्रशासनका अनुसार शुरू-शुरूमा आलमको रबैया निकै आक्रामक थियो । घमण्डी खालको व्यवहार देखाउँथे, तर आजभोलि भने उनी निकै शान्त भएका छन् ।

Vianet communication
Laxmi Bank

नख्खु कारागारका जेलर नरेन्द्र परियारका अनुसार आजभोलि आलमको दैनिकी धार्मिक पुस्तक पढेर बित्ने गर्छ । साथै उनले हरेक दिन मुस्लिम परम्पराअनुसार नमाज पनि पढ्ने गरेका छन् ।

‘उहाँ अहिले शान्त हुनुहुन्छ । उहाँको दैनिकी धार्मिक पुस्तकहरू पढेर बित्ने गरेको छ,’ जेलर परियारले लोकान्तरसँग भने, ‘बिहानै उठ्ने बित्तिकै नित्य कर्मसँगै पुस्तक पढ्नुहुन्छ ।’

आलमले अहिले भेट्न आउने कसैलाई पनि भेट्न नदिनू भनेका छन् । उनले भेटघाटको समय समेत घटाएको जेलर परियारले बताए ।

‘भेट्न आउने मानिसलाई निकै लामो समय कुराएर मात्रै भित्र बोलाउने गरेका छन्, कतिपय मानिसहरू त भेट नदिएर फर्किएका उदाहरण पनि छन्,’ जेलर परियारले भने । 

आलम रौतहटबाट पटक–पटक चुनाव जितेका नेता हुन् ।

केही समयअघि रौतहट पुगेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले आलमलाई छुटाउन प्रयास गरिरहेको बताएका थिए । देउवाको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

‘आलमजी अहिले जेलमा हुनुहुन्छ, म आफ्नो तर्फबाट छुटाउन लागिरहन्छु,’ सभापति देउवाले भनेका थिए, ‘तपाईंहरू धैर्य गर्नुस् । भोलि परिस्थिति बदलिन पनि सक्छ । धैर्य रहनुहोला, अदालतमा मुद्दा चलिरहेको छ ।’

आलममाथि बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको आरोप छ ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकास्थित पूर्वमन्त्री शेष इद्रिसको गोठमा भएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर पोलेको आरोपमा आलमविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ ।

उक्त घटनाको १२ वर्षपछि प्रहरीले पूर्वमन्त्री आलमलाई २०७६ असोज २६ गते इद्रिस गेटबाट प्रक्राउ गरिएको थियो । 

पढ्नुहोस्, यो पनि :

म्याद थपका लागि आलमलाई अदालतमा पेश, यसरी लगियो अदालत [फोटोफिचर]
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x