×

NMB BANK
NIC ASIA

काठमाडौंमा मेट्रो रेल गुड्छ, यो हावादारी गफ होइन : विद्यासुन्दर [अन्तर्वार्ता ]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं १० जेठ– ११ दिन वितिसक्दा बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको नतिजा पूर्ण रुपमा अझै सार्वजनिक भएको छैन ।

काठमाडौं महानगरपालिकामा गणना भइरहेको मतगणनामा बिहीवारसम्म मेयरमा कांग्रेसभन्दा एमालेका विद्यासुन्दर शाक्य लगभग १३ हजार मतले अगाडि छन् । काठमाडौंमा मेट्रो रेलको सपना देखिरहेका एमालेका विद्यासुन्दर शाक्यले मेट्रो रेल सपना मात्र नभएर योजना रहेको बताउँछन् । मंगलवार लोकान्तरका लागि अनिल थापाले काठमाडौं महानगरको मतगणना स्थलमा एमाले उम्मेदवार शाक्यसँग कुरा गरेका थिएः

चुनावी नतिजालाई कसरी लिनु भएको छ ?

अन्तिम नतिजा नआएसम्म भन्न मिल्दैन तर जित्ने पक्काजस्तै भएको छ ।

उम्मेदवारी दिदा चुनाव जित्नेमा आशावादी हुनुन्थ्यो ?

हामीले त यो भन्दा धेरै राम्रो हुन्छ भन्ने सोचेका थियौं । सोचेअनुरुप नतिजा आउन सकेन ।

कति भोट ल्याउने सोच्नु भएको थियो ?

पहिलो कुरा त धेरै मत बदर भए । त्यसमाथि पनि मैले र मेरो पार्टीले सोच्दै नसोचेको तरिकाले चौथो र पाँचौं (विवेकशील र साझा पार्टी) ले धेरै मत ल्याए । एकै चोटि उदाएको पार्टीले सोचेकोभन्दा धेरै मत ल्याएको देख्दा म अचम्मित भएको छु । मैले जित्छु भन्ने चाहिँ पहिले नै थियो ।

राप्रपासँगको तालमेलले कतिको फाइदा भयो ?

राप्रपासँग तालमेल गर्नुभन्दा पहिले नै सबै कार्यकर्ताको घरघरमा भोट हाल्ने तरिकाको बारेमा मोबिलाइज गरिसकेका थियौं । सात सूर्य, सात छापको नमूना मतपत्र बनाएका थियौं । सोही कारणले धेरै मत बदर हुँदा राप्रपा पछि परेको हो । एमालेले धोका दिएर होइन । प्राविधिक रुपमा हामी कमजोर हुँदा राप्रपालाई घाटा भएको हो ।

काठमाठौंमा एमालेले विरासत फर्काउन लागेको हो ?

हिजो पनि यहाँ एमालेको पक्षमा जनमत थियो । हिजो संसदीय निर्वाचनमा हार्दाखेरी पनि थोरै मतले हामीले हारेका थियौं । त्यो स्वभाविकै हो । जनमत बदलिन्छ । नबदलिने हो भने चुनावको आवश्यकता नै परेन नि । हामीले राम्रो गर्न सकनौं जनमत उल्टिन पनि सक्छ ।

मेयर जित्नुभयो भने काठमाडौंलाई कस्तो शहर बनाउने योजना छ ?

यो बारेमा बोलिरहन पर्छ जस्तो लाग्दैन । किनकि हामीले पहिले नै मतदाताको हातहातमा यसबारेमा बोलिरहेका छौं । सबैका हातहातमा घोषणा पत्र पु-याएका छौं । हाम्रो पहिलो उद्देश्य भनेको नै प्रतिवद्धता पूरा गर्ने हो ।

प्रतिबद्धतामा काठमाडौंमा रेल ल्याउने कुरा गरेका छौ । एमालेले हावादारी गफ गर्दैन, हामीले देखेको सपना अन्य दलले पनि राखेका छन् । मेट्रो रेल असम्भव होइन, काठमाडौंमा गुडछ । अहिले म पार्टीको प्रतिनिधी हुँ । जितें भने म जनप्रतिनिधी हुन्छु । उहाँहरुले विश्वास गरेर भोट दिनुभएको छ । राम्रो भोट ल्याउने अन्य पार्टीका साथीहरुसँग पनि सल्लाह गरेर मैले काम गर्ने हो ।

पार्टीको चुनाव चिन्ह समेत नपाएका नयाँ उदयमान पार्टीको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?

यो कुरा त उहाँहरुलाई नै सोध्नुपर्ने भएको छ । हामीले भोट काटियो भनिरहँदा उहाँहरुलाई पनि आफूले सोचेजस्तो भोट आएन भन्ने पो सोच्नुभएको छ कि भन्ने लागेको छ । हुन त भाषा फरक भए होला तर सबै पार्टीका घोषणापत्र मिल्दाजुल्दा छन् । त्यसैले पनि हामीले सल्लाह गरेर अगाडि बढ्नुपर्छ । अरु दलले हामीलाई सहयोग गरेनन् भने विकास गर्न गाह्रो हुन्छ । अब सबै घोषणापत्र साझा बनिसकेका छन् ।



काठमाडौं महानगरका एमालेलेको अग्रता कसरी सम्भव भयो ?


पहिलो कुरा त एमालेले बनाएको राष्ट्रिय माहोल नै हो । र, मैले आफैले पनि काठमाडौं जिल्ला कमिटीकोे सचिव भएर काम गर्दाको अनुभव र वडाध्यक्ष जितेर काम गरेको अनुभवले पनि मलाई जित्ने आधार मिलेको थियो ।

तपाईंको बुझाईमा काठमाडौंका समस्या के हुन्?

भनिहालें नि, समस्या र उपायलाई हामीले प्रतिवद्धता पत्रमा नै भनिसकेका छौं । मतदाताले काम गर्नुहुन्छ कि हुन्न भनेर कुरिरहनुभएको छ । पहिलो दिनदेखि नै हामीले काम थाल्ने हो । सय दिनमा के के उपलब्धी भए त्यसको सार्वजनिक गर्नु छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x