कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
चैत १७, २०७७
गुल्मीको रेसुङ्गास्थित उपल्लो तम्घास माविमा कक्षा ६ मा अध्ययनरत छात्रा सीता मगर (नाम परिवर्तन) को स्वास्थ्यमा गत महिना अचानक अचम्मको परिवर्तन देखिन थाल्यो ।
हातखुट्टा सुन्निए, पेटको आकार पनि बढ्दै गयो । १४ वर्षीया सीताको यो अवस्था देखेर साथीहरूदेखि शिक्षक/शिक्षिका समेत अचम्ममा परे ।
उनको आर्थिक अवस्था कमजोर थियो । स्वास्थ्य जाँच गराउन भनेर शिक्षक र विद्यालयका कर्मचारीले १ हजार रूपैयाँ संकलन गरे ।
त्यसपछि सीताको आमा र साथीको परिवारसँग सम्पर्क गरेर उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लैजान भनियो ।
दुई साताअघि उनलाई जिल्ला सदरमुकाम तम्घास ल्याएर चेकजाँच गरियो । अस्पतालमा चिकित्सकले भिडियो एक्सरे गरेर मात्र केही भन्न सकिने बताए ।
भिडियो एक्सरे गर्दा पेटमा ३० हप्ता १ दिनको बच्चा रहेको पत्ता लाग्यो ।
छोरीको पेटमा ७ महिनाको बच्चा रहेको पुष्टि भएपछि सीताकी आमा छाँगाबाट खसेजस्तै भइन् । विद्यालयमा पनि सन्नाटा छायो ।
कसको गर्भ हो ? भनेर सोधखोज गर्दा सीताले आफ्नै बुवाले १ वर्षदेखि आफूलाई निरन्तर बलात्कार गर्दै आएको खुलाइन् ।
तिनै सीताले गत शुक्रबार छोरालाई जन्म दिएकी छन् ।
अहिले अस्पतालमै रहेकी सीताले आफूलाई धम्की दिएर बुवाले नै बलात्कार गर्ने गरेको लोकान्तरसँग बताइन् ।
‘मलाई १ वर्षदेखि बुवाले जबरजस्ती गर्ने गर्थे । अरूलाई भने तँलाई धामीझाँक्री लगाएर मारिदिन्छु समेत भन्थे । त्यही भएको हुनाले मैले कसैलाई भन्न सकिनँ,’ सीताले अस्पतालको बेडबाटै लोकान्तरसँग भनिन् ।
उनले थपिन्, ‘उहाँ पल्लो विस्तारामा सुत्नुहुन्थ्यो । आमा निदाएपछि मेरो विस्तारामा आउनुहुन्थ्यो । कसैलाई भनिस् भने मारेर फल्दिन्छु । पुलिसकहाँ उजुरी गरे दुईतीन दिनमा निस्किन्छु अनि सबैलाई मार्दिन्छु भनेर डर देखाएपछि कसैलाई नभनेकी हुँ । मैले आमालाई पनि भन्न सकिनँ । आमा पनि सोझो हुनुहुन्छ ।’
उनले स्वास्थ्य जाँच गराउनुअघि आफूलाई गर्भवती भएको थाहा नभएको बताइन् । भिडियो एक्सरेपछि नै आफूलाई गर्भबारे थाहा भएको उनको भनाइ छ ।
उनलाई अहिले पढाइको चिन्ता छ । ‘म स्कूल जान पाउँछु कि पाउँदिन होला ? मलाई यो बच्चाको माया छैन । दूध पनि चुसाएकी छैन, चुसाउँदिन पनि,’ निराश हुँदै उनले भनिन् ।
छोरीको गर्भ रहेको थाहा पाएदेखि नै आमा पुर्मती (नाम परिवर्तन) निकै चिन्तित छिन् । आफ्नै श्रीमानबाट छोरीको बलात्कार भइरहँदा कुनै संकेत समेत नपाएकोमा पछुतो छ उनलाई ।
‘मलाई त, केही थाहा भएन । पापी स्वभावको रहेछ । पापीको अनुहार पनि हेर्दिनँ अब,’ उनले लोकान्तरसँग भनिन् ।
पुर्मतीका श्रीमान् एवं सीताका बुवा धामी झाँक्रीको काम गर्छन् । कमाएको पैसा जाँडरक्सीमै सक्ने गरेको पुर्मतीले बताइन् ।
स्थानीय हिमबहादुर भलामीका अनुसार पीडक १५/१६ वर्षअघि बाग्लुङबाट आएर तम्घास आसपासकै महिलालाई विवाह गरी बसेका थिए ।
धाँमीझाँक्रीको नाममा झारफुकको काम गर्न उनी प्रायः साँझको समयमा हिँड्थे र घरमा पनि साँझमा बोलाउँथे । गाँजाको लतमा लागेका युवाहरू उनको घरमा सधैँ आउने गर्दथे ।
आफूले पनि गाँजा खाने र युवाहरूलाई पनि दिने भएकाले स्थानीयले त्यो परिवारसँग हिमचिम गर्दैनथे ।
भलामीले लोकान्तरसँग भने, ‘दश वर्षअगाडि गाँजा काण्डमा पक्राउ परेका उनी केही समयअघि छुटेका थिए ।’
उनी अहिले प्रहरी हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईले आरोपीले अहिलेसम्म बलात्कार गरेको भनेर स्वीकार नगरेको बताए ।
‘घटनाको कारक चाहिँ उही नै हो, अरूको सम्भावना देखिँदैन । हामी अनुसन्धान गरिरहेका छौं । जवरजस्ती करणी र हाडनाता मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ,’ भट्टराईले लोकान्तरसँग भने ।
घटना बाहिर आएपछि भागेर बाग्लुङ पुगेका उनलाई घरमा बोलाएर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको स्थायी घर बाग्लुङ निसिखोला गाउँपालिका वडा नम्बर ४ मा हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले सीताको बाबुको स्वभाव पहिलेदेखि नै खराब देखिँदै आएको बताए ।
भलामीले निज बाबुको बच्चा हो कि होइन भनेर पुष्टि गर्न डीएनए परीक्षणका लागि रगत संकलन गरिसकेको जानकारी दिए ।
पछिल्लो समय बलात्कारका घटना बढ्दै गएका छन् । सीता अहिले अस्पतालमै छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी छ । सीताको परिवारले बच्चा पाल्न नसक्ने बताएका छन् ।
उक्त बच्चा कानूनी प्रक्रिया पूरा गरेर सन्तानविहीनलाई दिने तयारी गरिएको अस्पताल स्रोतले बताएको छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...