माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
गएको शनिवार बिहान साढे ११ बजेका लागि प्रधामनन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको समय तय भएको थियो । साढे ११ भन्दा अगावै क्यामेरा सेट गर्नुपर्ने भएकोले हामी ११ बजेर ५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्यौं ।
उपप्रधानन्त्री ईश्वर पोखरेल र अन्य कुनै मन्त्री केही जरुरी कामले आएका कारण अन्तर्वार्ता केही ढिला हुने भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस संयोजक रामशरण बजगाईं र प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्ले लगायतसँग हाम्रो भेट भैसकेको थियो । केहीबेर उनीहरूसँग अन्तर्वार्ता गर्ने कोठामा चिया खाँदै समसामयिक विषयमा छलफल भयो । नेकपा एमालेकी सांसद मनकुमारी जिसी पनि केहीबेर त्यही कार्यकक्षमा थिइन् ।
नेकपामा विवाद बढाउने त्यो कुर्सी
प्रधानमन्त्रीको अन्तर्वार्ताका लागि कुर्सीको सेटअप मिलाउनुपर्ने भयो । ‘तपाईंहरूलाई जसरी अनुकूल हुन्छ, मिलाउन सक्नुहुन्छ । यदि अन्तर्वार्ता लिने व्यक्तिलाई पनि प्रधानमन्त्री बस्ने कुर्सी जस्तै अर्को कुर्सी चाहिन्छ भने हामी त्यो पनि व्यवस्था गरिदिन्छौं,’ त्यहाँ खटिएका एक उच्च सुरक्षा अधिकारीले भने ।
सामान्यतया प्रधानमन्त्री बस्ने कुर्सी फरक हुनुपर्ने र अन्तर्वार्ता गर्ने व्यक्ति बस्ने कुर्सी फरक हुनुपर्ने सोच सरकारी अधिकारीमा पाइन्छ । तर त्यस दिन बिल्कुल फरक ढंगले हामीलाई व्यवहार गरियो ।
प्रधानमन्त्री ओली बस्ने कुर्सीलाई पनि हामीले थोरै घुमाएर अन्तर्वार्ता गर्दा एकअर्काले फेस टू फेस गर्न सक्ने गरी मिलायौं । सामान्यतया प्रधानन्त्रीको कुर्सी दायाँबायाँ सार्न मिल्दैन या त्यसो गर्न दिइँदैन ।
‘यो यही कुर्सी हो तत्कालीन कार्यकारी अध्यक्षले मैले सँगै बस्न पाइन भनेर गुनासो गरेको कुर्सी !’ प्रधानमन्त्रीको सचिवालयका एक सहयोगीले ठट्टा गर्दै भने । तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष –पुष्पकमल दाहाल ‘प्रचण्ड’) को कुर्सी प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँगैको लहरबाट हटाइएको विषय नेकपाभित्र लामो विवादको एक कारण बनेको थियो ।
‘तपाईं सोझो भएर हो, म भएको भए त कुर्सी उचालेर सँगै राखेर उता सर् भन्ने थिएँ भन्दै माधवजीले भन्नुहुन्छ,’ प्रचण्डले पुस ५ गतेपछिका सभामा त्यो प्रसंग निकालेका थिए ।
प्रचण्डले बस्न पाइनँ भनेको कुर्सी जुन प्रधानमन्त्री बस्ने कुर्सीसँग हुबहु मिल्छ । त्यो कुर्सी अन्तर्वार्ता लिनेका लागि व्यवस्था मिलाइयो । हामीलाई जुन कुर्सी भएपनि हुन्छ, कुर्सीमा हामीहरूको ध्यान छैन भनेर जवाफ दिएका थियौं ।
तर प्रधानमन्त्रीका सुरक्षा अधिकारी र सहयोगीहरूले उस्तै कुर्सी ल्याएर त्यहाँ राखिदिए । प्रधानमन्त्रीका सल्लाहकार र सहयोगीहरूको व्यवहार त्यस दिन अत्यन्तै नरम, उदार र मिलनसार देखियो ।
ली क्वान यू को प्रसंग
लगभग १ बजेको समयमा प्रधानमन्त्री ओली अन्तर्वार्ताका लागि कोठामा छिरे । अन्तवार्ता शुरू हुनुअघि ओलीको बारेमा लोकान्तरमा लेखिएको एउटा लेखको प्रसंग उठ्यो । लोकान्तर डट्कमका स्तम्भकार दिलनिशानी मगरले ६ साउन २०७५ मा लेखेको ‘यो देशमा म एउटा ली क्वान यू खोजिरहेछु’ शीर्षकको । सामाजिक सञ्जालमा पनि सक्रिय निशानी अहिले केपी शर्मा ओलीको कट्टर आलोचक भएका छन् ।
‘दिलनिशानीले पनि केपी ओलीको पक्षमा लेखेका रहेछन् ?’ त्यहाँ प्रसंग उठ्यो ।
त्यो कुरा सुनेका ओलीले अनौपचारिक कुराकानीमा भने ‘ली क्वान यु हाम्रोमा आवश्यक छैन ।’ आधुनिक सिंगापुर निर्माणमा ली क्वान यूको योगदान अतुलनीय मानिन्छ । शहरी विकासमा ली क्वानलाई एउटा आदर्श मान्ने गरिन्छ ।
‘ली क्वान जस्तो तानशाही पनि होइन । नेपालको जस्तो एनार्किज्म (अराजकता) पनि होइन । डिसिप्लिन डेमोक्रेसी (अनुशासित लोकतन्त्र) चाहिएको हो,’ अन्तर्वार्ता अघिको अनौपचारिक कुराकानीमा ओलीले भने ।
चालकलाई किन एक घण्टा कुराउने ?
छोटो अनौपचारिक कुराकानी सकिएपछि अन्तर्वार्ता शुरू हुन लागेको थियो । प्रधानमन्त्री निवास बाहिर जेनेरेटरको ठूलो आवाज आयो । प्रधानमन्त्री निवासमा ट्याङ्करले पानी खन्याउन लागेको रहेछ । जेनेरेटरबाट निस्केको चर्को आवाजले भिडियो अन्तर्वार्ता रेकर्डिङमा अवरोध पुर्याउने देखियो । प्रधानमन्त्रीको इशारा अगावै सुरक्षाकर्मीले जेनेरेटर बन्द गर्न लगाइसकेका थिए ।
प्रधानमन्त्रीले सोधे– ‘पानी खन्याउन कतिबेर लाग्छ ?’
‘१० मिनेट हजुर’ एक सुरक्षाकर्मीले भने ।
‘त्यसो भए १० मिनेटमा सकिने कामका लागि चालकलाई एक घण्टा किन कुराउने ? हामी बरू माथिबाट मगाएर मीठो कफी खाऊँ, उसलाई छिटो पानी खन्याउन लगाएर पठाइदिऊँ’ ओलीले भने ।
सामान्यतया शासक र प्रशासकहरू आफूभन्दा तल्लो दर्जाका कर्मचारी, मजदूर र श्रमिकहरूलाई कुराउन मन पराउँछन् या पेल्न रुचाउँछन् । तर त्यो दिन बालुवाटारमा प्रधानमन्त्रीको व्यवहार त्यस्तो देखिएन । बरू हामीले केहीबेर कुरौं, चालकलाई नकुराऔं भन्ने प्रधानमन्त्री ओलीको भनाइ उदार र नरम सुनिन्थ्यो ।
त्यसपछि जेनेरेटर फेरि अन भयो । ट्याङ्करले पानी झार्न शुरू गर्यो । प्रधानमन्त्रीको आग्रहबमोजिम कफी, मिल्क टी, ब्ल्याक टी र ग्रीन टी आयो ।
प्रधानमन्त्रीलाई कफी आयो । अन्तर्वार्ता लिन प्रधानमन्त्रीको अगाडि कुर्सीमा बसेका सम्पादक विमल गौतमले ग्रीन टी लिनुभयो ।
‘मैले अघि नै लिइसकें, धन्यवाद !’ मैले भने ।
‘यहाँ आएपछि कहाँ त्यसो भन्न मिल्छ, लिनैपर्छ । प्रधानमन्त्रीले यसो भनेपछि मैले ब्ल्याक टी लिएँ ।
हामीले चिया खाँदै गफ गर्यौं । २०७४ सालको चुनाव प्रचारको अन्तिम दिन ओलीसँग लिएको अन्तर्वार्ताको प्रसंग पनि उठ्यो त्यहाँ । यस पटकको औपचारिक अन्तर्वार्तामा प्रधानमन्त्रीले त्यो प्रसंगपछि आफैँ कोट्याउन पुगे ।
चिया खाइकेपछि अन्तर्वार्ता शुरू भयो । झण्डै डेढघण्टा लामो कुराकानी भयो । अन्तर्वार्तामा रेशम चौधरीको रिहाइको विषयमा चलेको चर्चाबारे केही नयाँ खुलासा पनि थियो ।
हेर्नुहोस्, अन्तर्वार्ता :
संविधानले फेरि त्यहीँ पुर्याए चुनावको विकल्प नै रहँदैन– प्रधानमन्त्री ओली [अन्तर्वार्ता]
विकास निर्माणका बारेमा सोध्नुभएन नि !
औपचारिक अन्तर्वार्ता सकिएपछि हामीले यो महत्त्वपूर्ण समयका लागि धन्यवाद भन्यौं । ‘समय मिलाउने उहाँहरू (विष्णु रिमाल र सूर्य थापालाई देखाउँदै) मेरो काम त बोल्दिने मात्र हो,’ प्रधानमन्त्रीबाट यस्तो ठट्टासँगै एउटा जिज्ञासा पनि रह्यो, ‘विकास निर्माणका बारेमा त सोध्नुभएन नि !’
‘आज त लामो भयो । अब बजेट आएपछि फेरि दोस्रो अन्तर्वार्ता गर्नुपर्ने भयो विकास निर्माणमा फोकस भएर,’ मैले भनें । हामी अन्तर्वार्ता सकेर बालुवाटारबाट निस्कियौं ।
प्रतिनिधि सभा विघटन गरेपछि केपी ओलीलाई विपक्षी र आलोचकहरूले ‘तानाशाह’, ‘निरंकुश’ र ‘प्रतिगामी’को बिल्ला भिराइदिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘लोकतन्त्रको हत्यारा’को आरोप पनि लगाए । नसामा रगत भन्दा राजनीति बग्ने मानिसहरूले ओलीप्रति एक प्रकारको धारणा बनाइरहेकै छन् । तर स्वयं उनकै मुखबाट ‘तानाशाही होइन, डिसिप्लिन डेमोक्रेसी’ भनेको सुन्दा र ‘त्यो पानी ट्याङ्करको चालकलाई एक घण्टा किन कुराउने ?’ भनेको सुन्दा ओलीमा त्यस्तो तानाशाही प्रवृत्ति हामीले भेट्टाएनौं । ओली त उल्टै नरम पो सुनिए ।
ओली निरंकुश या तानाशाह हुन्, होइनन् यो आ–आफ्नै बुझाइ र व्याख्या होला । तर शक्तिशाली प्रधानमन्त्रीले एक ‘ट्याङ्कर चालक’को समय र मर्म बुझेको देख्दा मलाई चाहिँ सुखद् अनुभूति भयो । ‘मानिसको एउटै अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर गीत गाउने कम्युनिस्टहरू पदमा पुगेपछि आफूलाई शासक नै ठान्छन् ।
एक मजदूरको समयको मूल्य बुझिदिने प्रधानमन्त्रीको यो शैली काठमाडौंदेखि गाउँ–गाउँका सिंहदरबारमा बस्ने ‘शासक’हरूले बुझिदिने हो भने वास्तविक अर्थमा सामाजिक न्याय र समाजवादको गफ गरेको सुहाउला कि !
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...