×

NMB BANK
NIC ASIA

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा

गच्छदारको घरमा म्याद टाँसेको एक महिना पूरा हुँदै, उपस्थित नभए थुनछेकको प्रक्रिया अघि बढ्ने

चैत २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेस उपसभापति एवं निलम्बित सांसद विजयकुमार गच्छदार हालसम्म पनि विशेष अदालतमा हाजिर भएका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार २०७७ साल फागुन २३ गते सुनसरीस्थित गच्छदारको घरमा म्याद टाँस गरिएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्याद टाँस भएको एक महिनाभित्रमा अदालतमा उपस्थित भएर बयान दिनुपर्ने हुन्छ । उक्त म्याद भोलि सकिँदैछ । फागुन २९ को महिना भएकाले ३० दिन भोलि मात्र पुग्ने भएको हो ।


Advertisment
Nabil box
Kumari

प्रवक्ता पाण्डेका अनुसार विशेष अदालतमा मुद्दा दर्ता भएको एक महिनामै सुनसरी जिल्ला अदालतमा म्याद तामेली गर्नका लागि पत्र पठाइएको थियो।

Vianet communication
Laxmi Bank

‘बीचबीचमा हामीले दुईपटक औपचारिक रूपमा पत्र लेखेर नै तामेलीका लागि ताकेता समेत गरेका थियौं,’ पाण्डेले लोकान्तरसँग भने, ‘तर, कोभिडका कारण म्याद तामेली हुन सकेको थिएन । बल्ल आएर २०७७ साल चैत २३ गतेका दिन गच्छदारको सुनसरीस्थित घरदैलोमा म्याद टाँस गरिएको थियो।’

गच्छदार ३० दिनभित्र अदालतमा उपस्थित नभए कानूनबमोजिम प्रक्रिया अगाडि बढाउने पाण्डेले बताए।

‘त्यो ३० दिनको म्याद सकिन लागेको छ, उक्त समयावधिभित्र पनि उनी आफैं अदालतमा आएर बयान नगरे थुनछेकमा आदेश गर्नका लागि अदालत अगाडि बढ्नेछ,’ पाण्डेले भने, ‘आदेश गर्नका लागि अदालतको अंग त्यसपछि पूरा हुनेछ । गच्छदार अदालतमा आएर बयान नदिए पनि अदालतले मिसिलमा संलग्न प्रमाणका आधारमा आदेश गर्न सक्नेछ।’

गच्छदारले उक्त म्यादलाई बदर गराउन सक्ने कानूनी छिद्र भने रहेको नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय सदस्य अरुण पौडेलले बताए ।

उनका अनुसार सम्बन्धित व्यक्तिले घर/ढोकामा टाँस गरिएको कुरा आफूलाई थाहा भएन भन्दै म्याद टाँस बदर पनि गराउन सक्छन् । तर पटक-पटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयमा मन्त्रीको रूपमा नेतृत्व सम्हालिसकेका र  सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्ति समेत भएका कारण आफैं अदालतमा आएर हाजिर भई बयान दिनु उचित हुने उनको सुझाव छ ।

‘मिडियामा नै यति समाचार आइसकेपछि मेरो विषयमा यस्तो समाचार आएको हुनाले आफैं अदालतमा हाजिर भएको छु भनेर भन्न सक्नुपर्थ्यो,’ अधिवक्ता पौडेलले बताए। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न भूमिका खेलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

गच्छदारविरुद्ध १ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगोसहित २०७६ माघ १० गते भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x