×

NMB BANK
NIC ASIA

सहकारीका नाममा ठगी

गुडविल सहकारी ठगी प्रकरणः चटपटे बेच्नेको १५ हजारदेखि एकै व्यक्तिको साढे १० करोडसम्म झ्वाम !

चैत २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेकी धनमाया (नाम परिर्वतन) ललितपुरको जावलाखेलमा ठेलामा राखेर चटपटे बेच्छिन् । 

Muktinath Bank

आर्थिक अवस्था कमजोर रहेकी धनमायाले आफन्तसँग २० हजार रुपैयाँ ऋण लिएर २ वर्षदेखि चिडियाखाना आसपासमा चटपटे बेच्दै आएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो एक वर्षमा घर खर्च चलाएर २० हजार रुपैयाँ आफन्तको ऋण तिरिन् । आफ्ना २ सन्तानको पढाइ खर्च पनि बेहोरिन् ।


Advertisment
Nabil box
Kumari

त्यही क्रममा पैसा बचाउनुपर्छ भन्ने लागेर उनले गुडविल बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गर्न थालिन् । 

Vianet communication
Laxmi Bank

उनले व्यापार हुँदाको दिन ५०/१०० रुपैयाँ र नहुँदाको दिन जसरी भएपनि १० रुपैयाँ भनेपनि जम्मा गर्थिन् । तर केही समयदेखि पैसा उठाउने मानिस आएका थिएनन् ।

केही पर्‍यो होला, आउँछ भन्ने उनलाई विश्वास थियो तर आइतवार (चैत २२ गते) महानगरीय प्रहरी परिसर ललितपुरले गुडविल सहकारीका सञ्चालक पक्राउ गरेको खबर उनको कानमा पर्‍यो ।

शुरूमा त उनले पत्याउन सकिनन् । ‘एकछिन मैले पत्याइनँ । त्यति पैसा खाएर के भाग्यो होला जस्तो लाग्यो तर म जस्ता धेरैको खाएको रहेछ,’ धनमायाले लोकान्तरसँग भनिन्, ‘यहाँ (प्रहरी परिसर ललितपुर) आएर हेर्दा त करोड खाएको छ रे !’

‘अरूको करोड ठूलो होला मेरा लागि त्यही १५ हजार ठूलो छ,’ उनले थपिन् ।

****

ललितपुरको मंगलबजारमा प्लास्टिकको व्यापार गर्दै आएका रामेश्वर अमात्यले दैनिकरूपमा गुडविल सहकारीमा १०० रुपैयाँ जम्मा गर्दै आएका थिए । 

१ लाख जम्मा गरे वर्षमा त्यसको १० हजार ब्याज आउँछ भनेपछि उनले आफन्तबाट सापटी खोजेर ४ लाख राखेका थिए भने दैनिक बचत ७५ हजार रुपैयाँ पुगेको थियो ।

‘४ लाखको ब्याज वर्षमा ४० हजार आउँछ भन्यो, आफन्तबाट खोजेर ४ लाख राखेको थिएँ,’ अमात्यले लोकान्तरसँग भने, ‘९ महिना मात्रै भएको थियो, भाग्यो भनेर आयो ।’

पसलबाट राखेको पैसा र त्यो ४ लाख ब्याजसहित लिने सोचेका थिए, उनको सपना चकनाचुर भयो ।

सहकारीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको सुनेपछि उनी उजुरी दिन सोमवार महानगरीय प्रहरी परिसर ललितपुरमा आएका थिए ।

****

झापाको बिर्तामोड नगरपालिका– ३ स्थायी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका– ३ मा नयाँ घर किनेर बसेका यमबहादुर विष्टको सबैभन्दा धेरै साढे १० करोड रुपैयाँ ठगिएको छ ।

जापान र अमेरिका बस्दा कमाएको पैसाले उनले झापाको बिर्तामोडमा ३ बिघा जग्गा जोडेका थिए ।

झापाको जग्गा बिक्री गर्ने सुरमा रहेका विष्टको भेट गुडविल सहकारीका सञ्चालक दिवाकर श्रेष्ठसँग २०७६ सालको मंसिरमा दलालमार्फत भयो । 

उनले झापाको जग्गा किन्ने बताए । सहकारीले नै लिने भएपछि उनी ढुक्क भए । झापा गए, जग्गा पनि हेरे । लिने/दिने कुरा पक्का भयो ।

दिवाकरले विष्टलाई भने, ‘अहिले नै ८ करोड रुपैयाँ मेरो सहकारीमा तपाईंको नाममा डिपोजिट भयो, ब्याज खाँदै गर्नुस् । १ करोड रुपैयाँ पास गरेपछि दिन्छु । अरू पैसा केही समयमा दिन्छु ।’ 

पैसा हातैमा बुझे पनि कहीँ न कहीँ त जम्मा गर्नु नै थियो, त्यहीँबाटै ब्याज आउँछ भनेपछि उनले सहमति जनाए । २०७६ मंसिर ३० मा जग्गा पास गरिदिए । 

यसबीचमा दिवाकरले विभिन्न समयमा उनलाई १७ लाख रुपैयाँ ब्याजस्वरूप दिए, तर दिने भनेको एक करोड रूपैयाँ दिएनन् । दिवाकरले १ करोड केही समयमा दिने बताएका थिए ।

त्यसलगत्तै कोरोना भाइरसका कारण देशभर लकडाउन भयो । त्यसपछि सोधीखोजी गर्दा उनले कहिले मोबाइल अफ गर्ने त कहिले केही समयपछि दिन्छु भनेर टार्दै गए ।

त्यसपछि विष्टलगायत केहीले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि उनी फरार थिए ।

विष्ट उक्त सहकारीबाट सबैभन्दा धेरै रकम ठगिने व्यक्ति भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

****

श्रेष्ठलाई भागीभागी लुकेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरेर आइतवार ललितपुर ल्याइएको थियो । 

उनीविरुद्ध गुडविल बचत तथा ऋण सहकारी संस्थाबाट २ अर्ब भन्दा धेरै ठगी गरिरहेको आरोप छ । महानगरीय प्रहरी परिसरमा अहिलेसम्म ६० जनाभन्दा धेरैले जाहेरी दिएका छन् ।

उनीहरूको ७९ करोड ८९ लाख ६४ हजार रुपैयाँ ठगेको खुल्न आएको महानगरीय प्रहरी परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । 

आज (सोमवार) पनि गुडविल सहकारीबाट गठिनेहरूको उजुरी आइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

‘आज पनि उजुरी आइ नै रहेका छन्, उनले कति ठगे भन्ने अझै एकिन हुन सकेको छैन,’ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले भने । 

१२ दिन निरन्तर खोजीपछि पक्राउ

दिवाकर श्रेष्ठलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरको टोली १२ दिनदेखि निरन्तर खोजीमा थियो ।

‘उनीविरुद्ध उजुरी परेपछि हामीले खटाएको एउटा टोली १२ दिन निरन्तर खटिएको थियो,’ महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले लोकान्तरसँग भनिन्,‘त्यसका लागि टोली दिनरात नसुती खोजी गरेको थियो ।’

दिवाकरले एकपटक चितवनमा पुगेर मोबाइल अन गर्ने त त्यसलगत्तै त्यहाँबाट पोखरा पुगेर अन गर्ने गर्दै भाग्दै आएको आएकाले पक्राउ गर्न असहज भएको एसएसपी बज्राचार्यले बताइन् । 

‘उनले एउटा सिटीमा गएर फोन अन गर्ने र कुरा गर्ने, त्यसलगत्तै अफ गरेर अर्को ठाउँ गइहाल्ने, त्यहाँ अन गरेर कुरा गरेर फेरि अर्को ठाउँ गइहाल्ने गर्दा पक्राउ गर्न केही समय लगेको हो,’ एसएसपी बज्राचार्यले भनिन् । 

साना बचतकर्ताको बचत फिर्ता गर्छु

पक्राउ परेका दिवाकरले साना बचतकर्ताको ऋण तिर्ने बताएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । 

‘हामीले यति धेरै ठगी भएको रहेछ कसरी तिर्नुहुन्छ ? भन्दा साना बचतकर्ताको तिर्छु भन्ने गरेका छन्,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘मलाई ठूला बचतकर्ताले डुबाएका हुन् ।’

गुडविल सहकारीमा १० हजारदेखि ११ करोड रुपैयाँसम्म बचत रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले आज (सोमबार) गुडविल सहकारीका कार्यसमितिका सदस्यहरूलाई पनि पक्राउ गर्ने तयारी रहेको परिसरले जनाएको छ । 

प्रहरी हिरासतमै रुन्छन् दिवाकर

प्रहरीले पक्राउ गरेर ललितपुर परिसरको हिरासतमा रहेका दिवाकर श्रेष्ठ समय समयमा रुने गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

‘उनी बेलाबेलामा रुने गरेका छन्, कसरी यत्रो ठगी गर्नुभयो ? भन्दा जवाफ भन्दा पनि रुन्छन्,’ प्रहरीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x