जलवायु परिवर्तनविरुद्धका अभियन्ताहरूले बुधवार लन्डनमा केन्द्रीय कार्यालय रहेको बार्क्लेज बैंकको शीशाको ढोका फुटाएका छन् ।
वित्तीय क्षेत्रले जलवायु संकट बढाइरहेको भन्दै एक्सटिंक्सन रिबेलियन नामक समूहले लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।
‘भत्केका प्रतिज्ञाभन्दा फुटेका शीशा ठीक’ भन्ने सन्देश लेखियो प्लेकार्ड उनीहरूले बोकेका थिए । बैंक भवनअगाडि उनीहरूले ‘जलवायु संकटकाल आएमा शीशा फुटाउनू’ भन्ने सन्देश टाँसेका थिए ।
गत साता यसै समूहले बैंक अफ इंगल्यान्डको अग्रभागमा कालो मसी छर्किएका थिए ।
एक्सटिंक्सन रिबेलियनले आधुनिक विश्वको राजनीतिक, आर्थिक तथा सामाजिक संरचनाविरुद्ध व्यापक विद्रोह मच्चाउन खोजेको छ । जलवायु परिवर्तनले ल्याएको विनाश रोक्नका लागि उसले यो विद्रोह गराउन खोजेको हो ।
Extinction Rebellion activists smash windows of Barclays HQ with hammers and chisels pic.twitter.com/tECmYTOq1v
— The Sun (@TheSun) April 7, 2021
एजेन्सी