लुम्बिनीलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्स कप टी-२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
अन्तिम लिग खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।
शनिबार हुने फाइनलमा सुदूरपश्चिमले नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
सुदुरपश्चिम दोस्रोपटक राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमलाई जित दिलाउने क्रममा लक्ष्मी साउदले ४ विकेट हात पारिन् ।
सुदूरपश्चिमको धारिलो बलिङसामु लुम्बिनी २० ओभरमा ९ विकेट गुमाएर ७२ रनमा समेटिएको थियो ।
७३ रनको विजयी लक्ष्य सुदूरपश्चिमले मात्र १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
एकै ओभरमा ३ सहित कुल ४ विकेट लिएकी लक्ष्मी साउद म्यान अफ दी म्याच घोषित भइन् ।
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।