×

NMB BANK
NIC ASIA

देउवाको दाउ

कांग्रेसको रणनीति– निर्णय सरकारको नेतृत्व गर्ने, तयारी भने भित्रभित्रै चुनावको !

चैत २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नै पार्टीको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनुपर्ने प्रस्ताव गरे । तर सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउने विषयमा एक शब्द पनि बोलेनन् । 

Muktinath Bank

कांग्रेस नेता स्वर्गीय नवीन्द्रराज जोशीको १३औं दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रकाशमानले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने कुरा गर्दा सभापति देउवाले सरकारको ‘स’ पनि उच्चारण नगर्नुले धेरै पक्कै पनि केही न केही संकेत गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवाले नवीन्द्रराज जोशीको योगदानको प्रशंसा गरेर आफ्नो मन्तव्य टुंगाए । 


Advertisment
Nabil box
Kumari

स्मरणीय के छ भने देउवाले कांग्रेसका पूर्व सांसद एकनाथ रानाभाटको स्मृति कार्यक्रममा गत फागुन १९ गते चितवनमा पुगेर सरकारको नेतृत्व गर्नुपर्ने जिम्मेवारी आए पछि नहट्ने बताएका थिए । 

Vianet communication
Laxmi Bank

चैत २० मा नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यसयता सभापति देउवाले सरकारको नेतृत्वको विषयमा सार्वजनिक रूपमा बोलेका छैनन् । 

कार्यकर्ताको चित्त बुझाउन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउने कुरा गरेपनि त्यसपछि कांग्रेसले कुनै अग्रसरता लिएको देखिँदैन ।

शनिवारपछि कांग्रेसले नयाँ सत्ता समीकरणको विषयलाई लिएर कुनै दलसँग छलफल र संवाद गरेको छैन । 

निर्णय सरकार, ध्यान चुनाव !

प्रतिनिधि सभा विघटनको औपचारिक विरोध गरेपनि कांग्रेसभित्र प्रतिनिधि सभा पुनःस्थापना सँगसँगै ‘अर्ली इलेक्सन’को विषयमा पनि बहस थियो ।

प्रतिनिधि सभा पुनःस्थापनाको फैसलाअघि कतिपय नेताले चुनावको वकालत गरिरहेका थिए । 

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिएपछि चुनावको बहस गरिरहेका नेताहरू चुप लागे । 

स्वयं प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेका कांग्रेस नेताहरू पनि मंसिरमा चुनाव हुने कुराको संकेत गरिरहेका छन् ।

‘१ वर्षभित्र देश चुनावमा जान्छ, त्यसको तयारीमा अहिल्यैदेखि लाग्नुस् । पार्टीको महाधिवेशन सम्पन्न भएको ३ महिनामै चुनावमा जानुपर्ने हुनसक्छ,’ केन्द्रीय सदस्य गगन थापाले चैत्र ५ गते स्याङ्जाको भीरकोटमा आयोजित कार्यक्रममा भनेका थिए । 

कांग्रेसको १४ औं महाधिवेशन २०७८ भदौमा गर्ने प्रस्ताव गरिएको छ । महाधिवेशनको तीन महिनामा पनि चुनावमा जानुपर्ने हुनसक्छ भनेर उनले शायद मंसिरमा चुनाव हुन सक्ने कुरा इंगित गरेका हुनुपर्छ ।

प्रतिनिधि सभा विघटनको विरोध गरेको कांग्रेसका लागि प्रतिनिधि सभाको विघटन गर्ने, सरकारको राजीनामा माग गर्ने र वैकल्पिक सरकारको नेतृत्व दाबी माइन्युटमा सुरक्षित राख्ने राजनीतिक निर्णयबाहेक केही थिएन, चैत्र २० गतेको निर्णय । 

कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का कांग्रेस, माओवादी र सिंगो राजपा मिल्दा बल्लबल्ल बहुमत जुट्ने अवस्थाले गर्दा नयाँ समीकरण जोखिमपूर्ण हुने भएकाले कांग्रेसले सुझबुझपूर्ण निर्णय लिने बताए ।

चैत २० गते सरकारको नेतृत्व गर्ने निर्णय गरेको भोलिपल्ट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगरे अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका थिए ।

‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वासको प्रस्ताव राखेर हटाउँछौं,’ नेपाली कांग्रेस नुवाकोटले चैत्र २१ गते आयोजना गरेको कार्यक्रममा पौडेलले भनेका थिए । 

तर सभापति देउवाका अति निकट मानिने एक केन्द्रीय सदस्यले कांग्रेसको नेतृत्वमा सरकार गठनको सम्भावना क्षीण मात्र रहेको बताए ।

‘कांग्रेसको प्राथमिकता अब सरकार होइन, निर्वाचन हो,’ ती नेताले बुधवार लोकान्तरसँग भने । 

कांग्रेससँग राजपाको मोह भंग !

वैकल्पिक सरकार निर्माणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) कांग्रेससँग भन्दा प्रधानमन्त्री केपी ओलीसँग निकट देखिँदा वैकल्पिक सरकार गठनको कुरा बहसमै सीमित रहने संकेत देखिएको छ । 

अहिलेको राजनीतिक संकट समाधानबारे राजपाभित्र दुईथरि धारणा छन् । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीसँग मिलेर आफूहरूका माग पूरा गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव ओलीसँग मिल्न नहुने पक्षमा छन् । 
सर्वसम्मत निर्णय हुन नसक्ने अवस्थामा राजपा या विभाजित हुने खतरा छ, या अनिर्णित नै बस्न सक्छ । राजपा अनिर्णित बन्दा नयाँ समीकरण बनाउने सम्भावना रहँदैन र देश चुनावमा जान्छ । 

‘आफ्नो नेतृत्वमा सरकार बनाउने भन्ने नेपाली कांग्रेस पार्टीको एकल निर्णय हो त्यो । हामीसँग सल्लाह नगरी गरिएको त्यो एकल निर्णयको कुनै अर्थ छैन,’ राजपाका प्रभावशाली नेता राजेन्द्र महतोले लोकान्तरसँग भने ।

नयाँ समीकरण बन्न नसक्ने अवस्थामा फेरि प्रतिनिधि सभा विघटनमा जाने खतरा देखेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न सकेको छैन ।

पार्टी त्यागेका चार सांसदलाई कारवाहीको पत्र संसद् सचिवालयमा दर्ता गराएपनि माओवादीले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । 

निकास निर्विकल्प चुनाव : चन्द्र भण्डारी 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पुनःस्थापित प्रतिनिधि सभाले पनि निकास दिने लक्षण नदेखिएकाले राजनीतिक निकासका लागि चुनाव नै उत्तम विकल्प भएको बताए ।

‘वर्तमान राजनीतिक अन्यौल हुनुमा माओवादी र जसपाको बोली र व्यवहारमा देखिएको विरोधाभास मुख्य कारण हो । माओवादीले एकातिर यो सरकारलाई विदेशीले टिकाइराखेको आरोप लगाउँछ, अर्कातर्फ आफैँले दिएको समर्थन फिर्ता गरेको छैन,’ भण्डारीले लोकान्तरसँग भने, ‘उनीहरूले नै कांग्रेसले वैकल्पिक सरकारको नेतृत्वका लागि पहल गरेन भनेर भने कांग्रेसले सरकार गठनको पहल गरौं न त भन्दा सहयोग गरेनन् । यी दलको दुई जिब्रे कुराले गर्दा निकास दिएन ।’

कांग्रेस नेता भण्डारी वामपन्थी गठबन्धन बनाएर गएर बहुमत ल्याएको गठबन्धन भत्किएको अवस्थामा जनमतमा जाने कुरालाई निरंकुश र तानाशाही भन्न नमिल्ने बताए ।

‘संसद् पुनःस्थापना भएपछि पनि चल्न सकेन, जसको नेतृत्वमा बनाएपनि सरकार चल्ने अवस्था देखिँदैन,’ भण्डारीले अगाडि थपे, ‘राजनीतिक निकासका लागि निर्वाचनमा जानुभन्दा अर्को विकल्प नै छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x