नेपाल पत्रकार महासंघ कास्कीमा झण्डै ९८ प्रतिशत मतदान

नेपाल पत्रकार महासंघ कास्कीको चुनावमा झण्डै ९८ प्रतिशत मत खसेको छ ।

३१२ मतदातामध्ये बुधवार भएको मतदानमा ३०५ मत अर्थात् ९७.७५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । 


Advertisement

पत्रकार महासंघ कास्कीको भवन मुस्ताङ चोकमा बिहान साढे ९ देखि शुरू मतदान साँझ साढे ५ बजेसम्म चलेको थियो ।

मतगणना बुधवार राति ८ बजेदेखि नै शुरू गर्ने गरी निर्वाचन समितिले तयारी थालेको छ । 


Advertisement

महासंघको केन्द्र, प्रदेश, शाखा, एशोसियटका लागि देशभर एकै पटक भएको मतदानमा मतदाताले उत्साहसाथ भाग लिएका हुन् । 

कास्कीमा प्रेस चौतारीका केशवशरण लामिछाने र प्रेस युनियन नेपालकी विमला भण्डारी प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । ४८ पदका लागि भएको निर्वाचनमा ८० बढी उम्मेदवार छन् ।

कास्की शाखाबाट प्रदेश परिषद् सदस्यका लागि आवश्यक २१ उम्मेदवार यसअघि सर्वसम्मत भइसकेका छन् । केन्द्रीय परिषद् सदस्यमा २ महिला सदस्य पनि निर्विरोध भइसकेका छन् । 

रातिदेखि मतगणना शुरू भएमा बिहीवार बिहानसम्म मतगणनाको अन्तिम परिणाम आउनसक्ने निर्वाचन समिति संयोजक वद्रीविनोद प्रतीकले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्