म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनबत्तीसहित प्रदर्शन

म्यानमारमा भएको नरसंहारको विरोधमा शान्तिवादीहरुले आँखामा कालोपट्टी बाँधी मैनबत्ती बोकेर बुधबार साँझ बौद्धमा प्रदर्शन गरेका छन् ।

 म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित बौद्धनाथ अगाडि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।


Advertisement

 प्रदर्शनमा सहभागिहरुले बर्मा : नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्