×

NMB BANK
NIC ASIA

अपराधका लागि नेपाल आगमन

नेपाल घुम्न आउने बहानामा बाल यौन दुराचार : यो वर्ष मात्रै १६५ जना विदेशी नागरिक पक्राउ !

चैत २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक साता अगाडि चैत १७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाल यौन दुराचारको आरोपमा ६६ वर्षीय अमेरिकी नागरिक माइकल नर्मम्यान टेलरलाई पक्राउ गर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल आएको समयमा एक बालकलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ अप्रिल १४ देखि १५ दिन नेपालमा रहँदा पोखरा महानगरपालिका एक बालकलाई यौन दुराचार गरेको किटानी जाहेरी परेको आधारमा माइकललाई सीआईबीले चैत १७ गते पक्राउ गरेको थियो । 


Advertisment
Nabil box
Kumari

‘ती बालकका आफन्तले किटानी जाहेरी दिएको आधारमा जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी गरेर पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले भने, ‘अघिल्लोपटक नेपाल आउँदा यौन दुराचार गरेको आरोपमा यसपालि नेपाल आएको मौकामा बालकका परिवारले किटानी जाहेरी दिनुभएको थियो ।’

Vianet communication
Laxmi Bank

माइकललाई जिल्ला प्रहरी कास्कीको समन्वयमा सीआईबीको टोलीले पोखरा महानरपालिका १८ स्थित विष्णु होमस्टेबाट पक्राउ गरेको थियो ।

उनी अमेरिकाबाट सन् २०२१ मार्च २१ अर्थात् चैत ८ गते नेपाल आएका थिए । पटक–पटक नेपाल आउने उनी पहिलोपटक सन् २०१८ अक्टोबर २७ मा नेपाल आएर नोभेम्बर १८ सम्म बसेका थिए ।

उनी पक्राउ परेको घटना भने सन् २०१९ मा नेपाल आउँदाको हो ।

****

२०७६ साल मंसिर १६ गते (सीआईबी)को टोलीले बाल यौन दुराचारी फ्रेन्च नागरिक ६० वर्षीय क्रिस्टियन सेर्गे हेनरी नोउगारेटलाई पोखरबाट पक्राउ गरेको थियो ।  

सीआईबीको विशेष टोलीले पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउस फुर्सेखोला बगर किनारबाट पक्राउ गरेको थियो । कम्पुटर इञ्जिनिर समेत रहेका हेनरी गैरकानूनी रूपमा बस्दै आएका थिए ।

विदेशी नागरिक हेनरीले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ जना नाबालकलाई बाल यौन दुराचार र शोषण गरेको पाइएको थियो ।

****

२०७६ माघ ९ मा क्यानेडीयन नागरिक पिटर डालगिल्सलाई जिल्ला अदालत काभ्रेले नौ वर्षको कैद सजाय फैसला सुनाएको थियो । 

प्रहरीले उनलाई २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो । पक्राउ परेका डालगिल्सको साथमा रहेका २ जना बालकको उद्धार समेत गरिएको  थियो । 

विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप उनीमाथि लागेको थियो । 

डालगिल्सले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली २ वर्षयता नेपालमा पटकपटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

डालगिल्सले सन् २०१० देखि २०१४ सम्म संयुक्त राष्ट्रसंघमा काम गरेका थिए । यसैगरी उनी नेपालमा हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोलेर शिक्षा र खानेपानी क्षेत्रमा काम गर्दै आएका थिए ।

डालगिल्स द्वन्द्वपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका व्यक्ति भएको अनुसन्धानका क्रममा खुलेको थियो । 
.....
पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यका रूपमा लिने नेपालमा आउने पर्यटक सबै घुम्न मात्रै आउने गरेको देखिँदैन् । कतिपय पर्यटकहरू नेपालमा बसेर अपराधमा पनि संलग्न भएका छन् । 

नेपालमा बाल यौन दुराचारका घटना समय–समयमा बाहिरिरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने पनि नेपालमा आउने कतिपय पर्यटक घुम्नभन्दा बाल यौन दुराचारकै लागि आउने गरेको देखिन्छ । 

त्यसमा पनि सबैभन्दा धेरै बाल यौन दुराचारका घटना पर्यटकीय हिसाबले चर्चित कास्कीको पोखरा क्षेत्र र देशको राजधानी काठमाडौंमा भएको देखिन्छ ।

दुराचारीहरूले बालकहरूलाई अप्राकृतिक मैथुनमा लगाउने गरेका छन् ।

चालू आव २०७७/०७८ मा मात्रै बाल यौन दुराचारको अभियोगमा १ सय ६५ जना विदेशी नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सोलुखुम्बु, धनकुटा, रौतहट, नुवाकोट, गोरखा, गुल्मी, बाँकेसहित ५० जिल्लामा घटना भएको छ ।

अघिल्लो वर्ष अर्थात आव २०७६/०७७ मा २३२ जना विदेशी पक्राउ परेका थिए । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २४ जना, झापामा १३ जना तथा कास्की, बारा, मोरङ र रुपन्देहीमा १०/१० जना पक्राउ परेका थिए । 

आर्थिक वर्ष २०७५/०७६ मा २११ जनामध्ये काठमाडौंमा २७ जना बाल यौन दुराचारी पक्राउ परेको देखिन्छ । प्रहरीको तथ्यांक केलाउने हो भने बाल यौन दुराचारका घटना बर्सेनि भइरहेको पाइन्छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x