गुण्डागर्दीमा संलग्न नुवाकोटका राम पुलामी पक्राउ

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न स्थानहरुमा गुण्डागर्दी र अपराधिक कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले लिखु गाउँपालिका वडा नं ३ घर भई हाल मनमैजु बस्ने राम पुलामी मगर भनिने सीताराम पुलामी मगरलाई पक्राउ गरेको हो ।


Advertisement

उनले मनमैजु लोकतान्त्रिक चोकमा वर्गर हाउस र नुवाकोट नुवाकोटमा निर्माण सेवा कम्पनी संचालक गर्दै आइरहेका थिए । निर्माण सेवामा समेत ठेक्कापट्टामा धम्काउने जस्ता कार्य गरेकोले उनको विरुद्ध काठमाडौँ र नुवाकोटमा विभिन्न शीर्षक ६ वटा मुद्धा दर्ता भई अनुसन्धान भएको र जसमध्ये १–१ वटा मुद्दा काठमाडौँ र  नुवाकोटमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरे पश्चात उनी अन्य अपराधिक कार्यमा संलग्न सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्