अहिलेको सरकार इतिहासमै विवेकहीन : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार इतिहासमै विवेकहीन सरकारको रुपमा देखिएको दावी गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिले हेर्दा कम्युनिस्ट पार्टीको सरकार भएपनि नेपालको इतिहासमा सबैभन्दा विवेकहीन सरकारको रुपमा देखिएको बताएका हुन् ।


Advertisement

उनले भने, अहिले मुलुकमा हेर्दा रुपमा हेर्दा कम्युनिस्ट पार्टीको सरकार छ, तर दुर्भाग्य, नेपालको इतिहासमा सबैभन्दा विवेकहीन सरकारको रुपमा देखिएको छ । यही छ विडम्बना ।

उनले सरकारले प्रभावकारी काम नगर्दा अहिले कर्मचारी समायोजन सम्बन्धि समस्याहरू थुप्रिएको बताए । 

उनले दिनदिनै संविधान मिच्ने, कानून, विधिसम्मत कुराहरूलाई गल्त्याएर अवैधानिक काम सरकारबाट पच्छ्याइएको समेत बताए । 

उनले भने,‘अहिले मुलुकमा ठूलो अन्यौलता छ ।’

उनले अहिलेको सरकारले कर्मचारीतन्त्रमाथि सन्त्रासमा राखेर कब्जा गर्नेतर्फ अगाडि बढेको षड्यन्त्र रहेको बताए । 

उनले भने,'सरकारले ट्रेड युनियन र सो सँग सम्बन्धित ऐनहरू थुप्रिएको छ ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्