कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिनसक्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गर्ने सन्दर्भमा आज व्यास नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उनले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताए ।
वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले भने, “व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न थालिएको प्रयास सकारात्मक छ, छिटोभन्दा छिटो यो कामलाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्छ ।”
व्यास–५ मानुङकोट पनि विकासका क्रममा अगाडि बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने वरिष्ठ नेता पौडेलको भनाइ थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास शुरु भएको बताए ।
व्यास–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण भएको पुललाई व्यास झुलाका रूपमा विकास गर्न खोजिएको छ । पुलको सौन्दर्य अभिवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । डिपिआरअनुसार पुलको सौन्दर्य अभिवृद्धि लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार पुलमा बत्ती जडान गरी आकर्षक बनाउन खोजिएको छ । “पुलमा जडान गरिने बत्तीले यो क्षेत्र धेरै पर्यटकको रोजाइमा पर्नसक्छ”, पाण्डेले भने। पुलमा बत्ती जडानका लागि मात्रै रु २० लाख १६ हजार ३१६ बजेट आवश्यक पर्ने देखिएको छ ।
व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाइनेछ जहाँ पराशर र सत्यवतीको आकृतिसमेत झल्काइनेछ । “व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको छ”, उनले भने।
–––
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...