कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
संकटा क्लबले आहारारा गोल्ड कपको उपाधिमा नाम लेखाउन सफल भएको छ ।
१९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली अफ्रिकन रुट एसोसिएसन क्यामरुनलाई टाइब्रेकरको शिकार बनाउँदै उपाधिसहित १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेताले ५ लाख पुरस्कार पायो ।
पोखरा रंगशालामा अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफमा ०–१ ले पछि परेको खेल दोस्रो हाफमा बराबरी खेल्दै संकटाले अन्ततः दोस्रो सहभागितामै उपाधिमाथि आफ्नो नाम दर्ज गर्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेटमा दुवै पक्षबाट गोल ननिस्केपछि पेनाल्टी सुट आउटमा निर्णय लिनुपरेको थियो । जसमा संकटाको पक्षमा ४–२ को गोलअन्तर निस्केको थियो ।
पेनाल्टीमा अफ्रिकन रुट एसोसिएसनका एमबाकोपको प्रहार विपक्षी किपर राजाबाबु थापाले उत्कृष्ट सेफ गरे भने कुटीको पहिलो प्रहार नै खेर गएको थियो । उसका लागि यानिक र रिमले मात्र बललाई जाली चुमाउन सके ।
संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, नेराज बस्नेत र आयुष घलानले गोल गरेका थिए । क्याप्टेन सरोज दाहालकै प्रहार भने विपक्षी कीपरले बचाएका थिए ।
त्यसअघि अफ्रिकन रुट्सका लागि ज्याकस बसिकले पहिलो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाएकोमा दोस्रो हाफको शुरूआतमै संकटाका लागि विदेशी खेलाडी ग्लोरीले बराबरी गोल फर्काएका हुन् । संकटाले पहिलो सहभागितामा १२ औं संस्करणमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा संकटाका किपर राजाबाबु थापा उत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर चढे । विधागत उपाधि पनि संकटाको पक्षमा धेरै गयो । जसमा राजाबाबु थापा उत्कृष्ट कीपर, नेराज बस्नेत उत्कृष्ट डिफेन्डर घोषित हुँदा अफ्रिकनका रिम उत्कृष्ट मिडफिल्डर, बसिक उत्कृष्ट स्ट्राइकर र सर्ज बोरिस उत्कृष्ट कोच घोषित भए । उनीहरूलाई स्व. सूर्यबहादुर केसीको नाममा जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
हाइ स्कोररको उपाधि ४ जनाले बाँडेर लिए । जसमा नेपाल प्रहरी क्लबका बुद्धबल लामा, संकटाका ग्लोरी, अफ्रिकन रुट्सका मौसा र बसिक हुन् ।
विजेतालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवबहादुर थापा, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशकहरू प्रकाश केसी, किरण केसी र रोशन केसीले पुरस्कार प्रदान गरे ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...