×

NMB BANK
NIC ASIA

प्रदेश २ मा खनाल-नेपाल पक्षले चुन्यो संसदीय दलको नेता, शत्रुघन महतोलाई जिम्मेवारी

चैत २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर २ मा एमाले (झलनाथ खनाल-माधव नेपाल)पक्षले संसदीय दलको नेता चयन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

खनाल-नेपाल पक्षीय सांसद मात्र उपस्थित बहुमत सदस्यको बैठकले शत्रुघन महतोलाई संसदीय दलको नेता चयन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको माधवकुमार नेपाल निकट रहेका महतो एमालेको संसदीय दलको नेतामा चयन भएको जानकारी सहितको पत्र सभामुख सरोजकुमार यादवकोमा आइतवार पुगेको छ ।


Advertisment
Nabil box
Kumari

एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ जनाको सहमतिमा दलको पदाधिकारीमा नेपाल समूहका सांसदहरू चयन भएका छन् ।

Vianet communication
Laxmi Bank

दलका नेता चयन भएका महतोले लोकान्तरलाई दिएको जानकारीअनुसार नेपाल समूहका १३ जना सांसदमध्ये १२ जनाको हस्ताक्षर तथा एक जना गोविन्द न्यौपानेको मौखिक सहमतिका आधारमा शनिवार पदाधिकारी चयन गरिएको थियो ।

दलको उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दरबहादुर विश्वकर्मा, सचेतकमा बेची लुंगेली चयन भएको महतोले बताए ।

शत्रुघन महतो, रवीन्द्र बैठा, सुन्दरबहादुर विश्वकर्मा, नागेन्द्र राय यादव, हसिमा खातुन, डिल्ली उप्रेती, बेची लुंगेली, मंजुकुमारी यादव, मदन सेन श्रीवास्तव, प्रमोदकुमार यादव, अशोककुमार यादव सहित १२ जना उपस्थित भएर हस्ताक्षर नै गरेका थिए भने गोविन्द न्यौपाने अस्वस्थ भएर काठमाडौंमा हुँदा फोनमा मौखिक सहमति जनाएका थिए ।

यसअघि प्रदेश सभा गठन भएका बेला एमालेका संसदीय दलको नेतामा केपी शर्मा ओली समूहका सत्यनारायण मण्डल दलको नेता चयन भएका थिए । पछि नेकपा एमाले र माओवादी मिलेर नेकपा गठन हुँदा समेत मण्डल नै नेतामा यथावत थिए । तर, प्रतिनिधि सभा विघटन भएपछि मण्डललाई बहुमत सांसदले हटाएर महतोलाई नै दलको नेतामा चयन गरेका थिए ।

'अहिले सबै पार्टीहरू विभाजित भएको तथा राजपा र सपा मिलेर बनेको जसपा समेतको दलको नेता चयन नभएको कारणले सभामुख सरोजकुमार यादवज्यूले हिजो सर्वदलीय बैठक बोलाएर आ-आफ्नो दलको पदाधिकारी चयन गरेर पठाउन भनेका थिए,' महतोले लोकान्तरसँग भने, 'त्यसपछि हामी एमालेका बहुमत सांसदले हिजो नै दलको बैठक बसेर पदाधिकारी चयन गरेका थियौं, आज उक्त पत्र सभामुखलाई बुझाएपछि उहाँले सनाखत समेत गराएर मान्यता प्रदान गर्नुभएको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x